ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

धनगढीमा प्रधानमन्त्रीको भाषण भ्रष्टलाई भोट नहाल्नुस्, बाँकी म जिम्मा लिन्छु

लुम्बिनी दर्पण २०७७ पुष २४, शुक्रबार १६:०७
[sharethis-inline-buttons]

लुदअ काठमाडौं, पुस २४
नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्।

आज २ बजेर ४५ मिनेटमा धनगढीमा सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले भाषणको सुरुमा ​सुदूरपश्चिम प्रदेशको खुलेर तारिफ गरेका छन्।

सुदूरको चर्चा गर्दै उनले प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए। सुदूरलाई पछि पार्ने कुनै तागत कसैको अब नहुने उनले बताए। ुयहाँका मान्छे भारत गएका छन्। नेपालीका रगत पसिनाले थुप्रै देश बनेको छ, सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या छन्, सुकुमबासीका र सिँचाइका समस्या छन् यो मैले बुझेको छु,ु उनले बताए।

चाँदनी दोधाराका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने आश्वासन दिए। कञ्चनपुर र कैलाली मात्र नभै यस प्रदेशमा असाधारण लाभ हुने उनले बताए।

पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। अत्तरिया धनगढी बाटो बेलैमा अघि बढाइने उनले आश्वास दिए। राति उडान भर्न सक्ने गरी व्यवस्था हुने बताए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उनले बताए।

१४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा यस विषयलाई उठाउने बताए। सेती लोकमार्ग र महाकाली करिडोरको काम बढिरहेको पनि उनले जनाए। छाङ्रुसम्मको बाटो मोटरेबल हुने पनि उनले बताए। बैतडीमा चरेस खानी पत्ता लागेकाले विकास गरिने बताए।

विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले अब पश्चिम सेतीलाई अब भने बढाइने उनले बताए। सकेसम्म निकट भविष्यमा बढाइने उनले बताए।

उरै नाका हुँदै ताक्लाकोटको नाकाको काम बढाइने ओलीले बताए। ुसुक्खा बन्दरगाह र सिँचाइको मैले कुरा गरें। महाकालीमा पुल बनिसकेको छ। दार्चुला र बैतडीमा झोलु‌ंगे पु्ल बन्दै गरेको छ,ु उनले मन्त्री गणेश ठगुन्नालाई देखाउँदै उनले भारतसँग नेपालको झोलुंगे पुलको काम बढाइने बताए।

मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको भनाइ। भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए। पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे।

बाटोमा बसेर हामी यहाँ छौ भनेका उनीहरु पार्टीको बैठकमा नआएर सभ्यता उनीहरुमा नभएको बताए। प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडेका उनले आरोप लगाए।

आफूहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले दाबी गरे। कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए।

हरेक नेपालीले स्वास्थ्य उपचार निशुल्क पाउनुपर्नेमा उनले जोड दिए। यस्तो कृषि प्रधान देशमा बाहिरबाट किनेर खानुपर्ने भएकाले यसको समाधानका लागि सरकार लागिपरेको उनले जनाए।

पछिल्लो समय देशमा विकास बढेको भन्दै सरकारले कालोपत्रे सडक बनाउन निकै ध्यान दिएको बताए। अहिलेसम्म ४५ सय भन्दा बढी किलोमिटर बाटो बनाएका उनले दाबी गरे।

केन्द्रीय कमिटीको बैठकमा बाटामा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त। उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन्। हामीलाई फुर्सद छैन। हामीलाई काम गर्नुछ,ु उनले प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गरी बताए।

रोजगारी खोज्नमा खाडी, पन्जाब र उत्तराखण्ड हैन नेपालमै खोज्ने ध्याउन्न आफूहरुको भएको बताए। ुहामी हरेक नेपालीका छोराछोरी पढ्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ, हामी त्यसमा लागेका छौँ। स्वास्थ्य उपचार पाउनुपर्ने व्यवस्थामा लागेका छौँ। यस्तो हराभरा देशमा अन्यत्रबाट खानेकुरा झिकाउने पठाउने ध्याउन्नमा लागेका छौँ, आफूले उपभोग गरेर नसकेको बस्तु बाहिर निर्यात गर्ने विदेशी मुद्रा ल्याउँछौं,ु उनले बताए।

नाकाबन्दीविरुद्ध साथ नेपाली जनताको रहेको भन्दै उनले त्यही अडानले आफूहरुले त्यसलदाई परास्त गरेको बताए। ुमुस्ताङको नाका हामीले यस वर्ष खोल्दैछौँ। कैलाश मानसरोवर जाने बाटो बनाउँदै छौँ। भारतसँगको हाम्रो सम्बन्ध, आफ्ना अधिकार सुरक्षित राखेर हाम्रो भूमि सुरक्षित राखेर लिम्पियाधुरा, कालापानीलगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गर्यौँ,ु उनले दाबी गरे।

कहिल्यै एकमत नभएको संसद त्यसबेला एक भएको भन्दै उनले केहीलाई छटपटी भएको भन्दै नेपालको भूमि समेटेर नक्सा ल्याउँदा यही प्रदेशको मान्छेलाई टाउको दुखेको पनि टिप्पणी गरे।

ुदेशमा संकट देखापरेको छ। संविधान, व्यवस्था, संघीयता जाने भयो भनेर कराइरहेका छन्, ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिने अरु कोही थियोरु मै हैन, ओली गणतन्त्रवादी हैन भनेर बोल्ने मान्छे बाटोमा भेटेर ल्याएर राजनीतिकरण गरेको हैनरुु उनले प्रश्न गरे।

पिलोको कुरा दोहोर्याउँदै दुई चार जना पिलो निचोरिएझैँ निचोरिँदैमा मान्छे कमजोर नभएको बताए। देशलाई समृद्ध बनाइछोड्ने उद्देश्य कमजोर नहुने र तीन करोड मान्छेमा कति जना गए भन्ने ठूलो कुरा नभएको जिकिर गरे।

उनले अघि भने स्

म नेताहरुलाई भन्न चाहन्छु, जनताका लागि उभिएर भन्नुस मलाई यसै गरी सोध्नुस् तपाइँका माथि माथि टुप्पामा पुगेका कसकस्का आफन्त कहाँ कहाँ छन् मैले भनिरहनु पर्दैन। यो पार्टीको अध्यक्ष म नयाँ पार्टी, नयाँ एकिकरण थालेर आएको। काम लाग्छ कि भनेर प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ।

धेरै स्याम्पु पानी सिध्दियो। तर जस्ताको त्यस्तै। बानी, उदेश्य, विचार प्रवृत्ति मति जस्ताको त्यस्तै। लाटो कोसेरो झलल घाम लाग्यो भने आँखा चिम्लिन्छ। अध्यारोमा हिँड्ने उज्यालोमा टिक्न सक्दैन। यहाँ अन्धकारमा ज्योती छरिन्छ। त्यसकारण यहाँ लाटेकोसेरोहरु टिक्न सक्दैनन्।

संसद विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन्। म तिनीहरुलाई संविधान दोहोर्याएर पढ्न आग्रह गर्दछु।

६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री मै हो मैले विघटन भइसक्यो भनेपछि अब प्रतिनिधिसभा चुनाव बाट आउँछ। केपी अ‍ोलीले चुनाव गराउँदैन भनिरहेका छन्। म फेरी भन्छु चुनाव बैशाख १७ र २७ गते नै हुन्छ। चुनाव दुई चरणमा तोकेको छु। वैशाख १७ गते शुक्रबार २७ सोमबार दुई दिन हुन्छ। चुनाव हुन्छ। चुनावमा लाग्नुस्।

खराबतत्वहरुलाई गाउँमै ठेगान लगाउनुस् यहाँबाट गए भने माथि हैरान खेलाउँछन्। भ्रष्टतत्व, देशद्रोहीहरुलाई गाउँबाटै ठेगान लगाउनुस् तपाईंहरुले केही गर्नुपर्दैन भोट नहाले पुग्छ।

देशका लागि मर्न तयार हुने, देशका लागि काम गर्ने त्यस्तालाई जिताएर पठाउनुस्। मैले हस्ताक्षर गरेर उठाएको उम्मेदवारको जिम्मा म लिन्छु। देश विकासको जिम्मा म लिन्छु।

थाहाखबर अनलाईनबाट साभार


प्रकाशित : २०७७ पुष २४, शुक्रबार १६:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech