प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

[sharethis-inline-buttons]

 

काठमाडौं, बैशाख ३
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।समसायमयिक राजनीतिक घटनाक्रम, कोभिड महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।
शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

वितेका केही दिन यता दिनहु तिव्र गतिका कोरोना संक्रमणका विरामी थपिएका छन र कोरोना संक्रमणबाट ज्यान जानेको संख्या पनि बढि नै रहेको छ । यस्तो अवस्थालाइ ख्याल गर्दै सरकारले १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्ला घोषित गरेको छ र भिडभाड हुने ठाउँलाइ बन्द गर्न पनि अनुरोध गरेको छ ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ। यीनै विषयमा बैठकमा छलफल हुने बालुवाटार स्रोत जानकारी दिएको छ ।


प्रकाशित : २०७८ बैशाख ३, शुक्रबार ०९:३५