लुम्बिनीमा जसपाका तीन सांसदलाई मनाउने प्रयास

 

काठमाडौं, बैशाख ५

लुम्बिनी प्रदेशमा जनता समाजपादी पार्टी र्सासदर्ला मनाउने प्रयास गरिएको छ । सरकार परिवर्तन गर्नेबारे पार्टीको धारणा तय गर्न र त्यसमा सबै सांसदलाई एकमत बनाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी जसपा०को लुम्बिनी प्रदेशको संसदीय दलको बैठक आज बस्दै छ।संघीय संसदको अंकगणितमा जस्तै लुम्बिनीमा पनि निर्णायक रहेको जसपाले प्रदेशमा बन्न लागेको नयाँ सत्ता समीकरणमा पार्टीभित्र एक मत बनाउन बैठकबस्न लागिएको हो ।

विकसित राजनीतिक घटनाक्रमबारे एकमत बनाउन पार्टीका सांसदहरुसँग छलफल गर्न लागिएको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले जानकारी दिए ।आफ्नो पार्टीका सबै सांसदलाई अविश्वास प्रस्तावको पक्षमा एकमत बनाउने प्रयासस्वरुप सो बैठक राखिएको यादवले जनाए।नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे पनि जसपा एक ढिक्का नहुँदा अघि बढ्न सकेको छैन।पार्टीभित्र मतभेद भए पनि दलको बैठकले त्यसलाई हल गर्ने यादवले बताए।

लुम्बिनीमा जसपाका ६ सांसद रहेका छन्। जसमा तीन सांसद अविश्वासको प्रस्तावको पक्षमा छैनन्। सहषराम यादव, सुमन शर्मा रायमाझी र पुरमती ढेंगा मगर अविश्वासको प्रस्ताव ल्याउनुपर्ने पक्षमा छन्।तर, सन्तोष पाण्डे, कल्पना पाण्डे र विजय यादवले प्रस्तावमा हस्ताक्षर गर्न मानेका छैनन्।

पार्टीभित्र फरक मत देखिएपछि जसपाले भोली सोमबार लुम्बिनी प्रदेशका आफ्ना नेतालाई बैठकमा बोलाएको छ। लुम्बिनीका जसपा नेताहरुसँग छलफल गर्न दाङको भालुवाङमा बोलाइएको बैठकमा पार्टीका पूर्वमन्त्री इस्तियाक राई पनि सहभागी हुँदैछन्।लुम्बिनीबाट जसपाका केन्द्रीय सदस्य पंकज राईले सोमबारको भालुवाङ बैठकले लुम्बिनीमा पार्टीको एक मत बनाउन आफूहरु सफल हुने विश्वास व्यक्त गरे।

‘केही कन्फ्यूजनहरु हुनसक्छन्, भोलीको बैठकबाट ती हल गर्ने प्रयासमा छौं,’ राईले भने, ‘प्रतिगमनलाई समर्थन गर्ने भन्ने कुरै आउँदैन।’८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेपछि पदमुक्त भएका थिए।प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९ , माओवादी केन्द्रका १७, जसपाका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको जानकारी गराएका थिए।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेको बताउँदै दाहालले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको बताएका थिए।गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव गरिएको छ। गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाउँदा लुम्बिनीमा माओवादीले पाउने दुईपक्षीय सहमति भएको छ।

लुम्बिनीमा नेपाली कांग्रेस र माओवादी एक ठाउँमा छन् भने राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा सहयोग गर्ने जानकारी गराइसकेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *