केही दिनभित्रै राजनीतिमा ठुलै परिवर्तन आउने प्रचण्डको दावी

[sharethis-inline-buttons]

 

चितवन , बैशाख ५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले केही दिनभित्रै राजनीतिमा ठुलो परिवर्तन हुने दाबी गरेका छन्। आइतबार गृह जिल्ला चितवन पुगेर प्रचण्डले यस्तो दाबी गरेका हुन्।

उनले छिटै केपी ओली नेतृत्वको सरकार हट्ने र वैकल्पिक सरकार बन्‍ने बताउँदै भने, त्यसको अन्तिम तयारीमा हामी छौं। लगभग सबै कुरा मिलसकेको छ।ु उनले कर्णाली प्रदेशमा सरकार जोगाएको प्रसंग उल्लेख गर्दै भने, अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ।

अविश्‍वास प्रस्तावलाई फेल गराएर कर्णाली प्रदेशमा माओवादी नेतृत्व सरकार जोगाउन एमालेका चार सांसदहरूले फ्लर क्रस गरेर निर्णायक भूमिका निर्वाह गरेका थिए। त्यो समिकरण काठमाडौंमा बन्‍नसक्‍ने संभावना बलियो बन्दै गएको पनि प्रचण्डले संकेत गरेका छन्।

उनले ओली सत्ता र बाहिरको शक्तिले समेत आफू र आफ्नो पार्टीलाई निसानामा बनाइएको बताउँदै भने, तर त्यो संभव छैन। हामी झन् बलियो हुँदैछौं।प्रचण्डु ले कर्णालीबाट प्रधानमन्त्री केपी ओलीको हारको सुरुवात भएको बताए। ुकेपी लडाइँमा हारिसकेका छन । यसको सुरुवात कर्णालीबाट भयो। कसरी हार हुँदो रहेछ भन्ने कर्णालीबाट देखिएको छ। केही दिनपछि गण्डकी र लुम्बिनी प्रदेशमा देखिन्छ,ु उनले भने,ु हुनसक्छ त्यसअघि संघमा पनि हार देखिन सक्छ।ु

प्रचण्डले लोकतन्त्रविरुद्ध केपी ओलीले हार्ने बाटो रोजेको भन्दै यसको परिणाम पनि देखिरहेको बताए। उनले यस्तो अवस्थामा धैर्यतापूर्वक एक भएर अघि बढ्नुपर्ने जनाए। सत्ते र न्यायको जीत हुने भन्दै त्यसमा नअत्तिन समेत उनले आग्रह गरे।

सर्वोच्च अदालतले एक भएको पार्टीलाई पुन पहिल्यकै अवस्थामा ब्युँउताइदिएकोप्रति कटाक्ष गर्दै तीन वर्षसम्म सँगै बसेका प्रेमप्रेमिकालाई अब तिमीहरुले सँगै बस्न पाउँदैन भनेजस्तो भएको बताए। ुप्रेमप्रेमिकाको गहिरो प्रेम छ। विवाह गरेको तीन वर्षपछि तिनीहरुलाई सँगै बस्न पाउँदैन भन्ने अदाललको कस्तो न्याय हो यो,उनले भने, यस्तो होला भनेर कल्पना पनि गरेका थिइनौं।

उनले संसद् पुनरस्थापना भएपनि खतरा भने नटरेको बताए। प्रचण्डले आइतबार नै यहाँको अयोध्यापुरीमा बन्दै गरेको राम, सीताको मन्दिरको पनि अवलोकन गरेका छन्।अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ

अध्यक्ष दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको निरीक्षणपछि उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताए।कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले भने, ुकम्युनिस्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।ु जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवद्र्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने कुरालाएइ पनि उनले जोड दिए ।

उनले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै भने, ुयसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ । यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले जानकारी दिए।


प्रकाशित : २०७८ बैशाख ५, आईतवार ११:२३