साँझ मन्त्रिपरिषद् बैठक बस्दै

ByLumbini Darpan Online

१३ बैशाख २०७८, सोमबार १०:३२ १३ बैशाख २०७८, सोमबार १०:३२ १३ बैशाख २०७८, सोमबार १०:३२

काठमाडौं बैशाख १३
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकको निष्कर्ष र नियमित कार्यसूचीमा छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले बताइन । आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ ।
आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो । मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्नेजानकारी गराइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *