लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट भए मुक्त

ByLumbini Darpan Online

१७ बैशाख २०७८, शुक्रबार १०:१९ १७ बैशाख २०७८, शुक्रबार १०:१९ १७ बैशाख २०७८, शुक्रबार १०:१९

 

बुटवल, बैशाख १७

लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यबाट हटेका छन ।सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट हटेका छन।

जनता समाजबादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ४ सांसद मन्त्री बनेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *