पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३र३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । पछिल्लो ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको चौथो पटक मूल्य बढाएको हो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन
प्रकाशित : २०७८ माघ ६, बिहीबार १८:०३
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech