नवलपुर ।
पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जनाको निधन भएको छ । नारायणी नदीमा माछा मार्न जाने क्रममा गैडाले हानेर कावासोती १४ निवासी अन्दाजी ५२ बर्षीय खोरबहादुर मुसहरको निधन भएको हो ।
उनको शव अहिले गाउँलेले उद्दार गरी ल्याउने तयारी भईरहेको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले बताए ।आज विहान स्थानीयले खोजीगर्दा देखेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरेका थिए ।
नवलपुरमा पछिल्लो समय जंगली जनवारको आतंक छाएको छ । नवलपुरमा अहिले गैडा, बाघ, बदेल लगायतका जंगली जनवारको आतंक बढेको छ । जंगली जनवारको आतंकका कारण मानवीयदेखि खेतीबारीमा समेत क्षति भएको छ ।