
१ फागुन, काठमाडौं ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै सल्लाह नभएको बताएका छन् ।
पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताए । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो महाअभियोग दर्ता भयो० भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भने ।