बुटवल ।
बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । मोर्चामा सहभागि नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु) , युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु,नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।
उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि देखा परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उीक्षक ठगबहादुर केसीले बताए ।




















