रुपन्देहीको सुद्धोधन गाउंपालिकामा आज १ हप्ते उद्घोषण तालीम समापन भएको छ । लुम्बिनी मिडिया हव तिलोत्तमाको आयोजना तथा शुदोधन गाउंपालिकाको सहकार्यमा सुुरु भएको तालिमको समापन गरिएको हो ।
फाल्गुुण ५ गते बाट सुरु भएको तालिमको समापन कार्यक्रममा बोल्दै सुद्धोधन गाउंपालिका अध्यक्ष किसुन चन्द्र चौधरीले यस्ता तालीमले मानबिय बिकाशमा सहयोग गर्ने भन्दै तालिममा सिकेका कुरा ब्यवाहारमा उर्तान सुुझाव दिनुु भयो । कार्यक्रममा सुद्धोधन गाउंपालिकाका वडा न २ का अध्यक्ष बिष्णुु बस्याल र प्रशिक्षक लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले तालिम लिनु ठुलो बिषय नभएको भन्दै ब्यवाहारि परिर्वतनले तालिमको औचित्य पुुष्टि गर्नुु पर्ने बताउनुु भयो । कार्यक्रममा प्रशिक्षार्थिको तर्फ बाट रमा शंकर पाठक , नर ब थापा , अमर लाल चौहान , मथुुरा यादव यमुना थारु लगायतले बोल्नु भएको थियो ।
लुम्बिनी मिडिाया हवका कार्यबहाक अध्यक्ष देव बहादुर थापाको अध्यक्षता ,दिपा न्यौपानेको स्वागत र अनिल भन्डारीको सन्चालमा कार्यक्रम सम्पन्न भएको हो ।



















