अमेरिकी सहयोग परियोजना एमसिसीविरुद्धको आन्दोलनमा प्रदर्शनकारी आन्दोलित रहेका छन छन्। संसद् भवनभित्र एमसिसीबारे छलफल भइरहँदा बाहिर बानेश्वर क्षेत्रमा भने विरुद्धमा प्रदर्शन भइरहेको छ। बानेश्वर क्षेत्रमा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रु ग्यास, पानीको फोहोरा र लाठीचार्ज गरेको थियो । झडपका क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















