ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कम्युनिष्टले जनतालाई धोका दिए ः राणा

Lumbini Darpan 3 २०७८ फाल्गुन २९, आईतवार १६:५४
[sharethis-inline-buttons]

भैरहवा, २९ फागुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए ।
उनले पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि त्यो हुन नसकेको बताए । ‘काँग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक काँग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपाई हामी आफै जित्नुपर्छ, ’उनले भने । उनले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको बताए । उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामात्र काँग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापन मिलाउन सके बहुमत पालिका जित्ने बताए ।
एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासका लागि माग गरिएको नेता राणाले बताए । एमसीसीको विषयमा काँग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइ थियो । नेकपा एमाले अध्यक्ष हुँदा एमसीसी प्रस्ताव अगाडी बढे पनि देउवा नेतृत्वको सरकारमा आइसकेपछि टेबुल हुँदै छलफल पश्चात बहुमतबाट पारित भएको उनले बताए । ‘ओली सरकारमा हुँदा जसरी पनि पास गर्नुपर्छ भन्ने कुरा आउँथ्यो, तर त्यही पार्टी विपक्षमा रहँदा बोल्न सकेन, ’उनले भने । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले काँग्रेस हार्दा देश र जनताले दुःख पाउने भन्दै सबै एक भएर काँग्रेसलाई जिताउनुपर्ने बताए ।
एमालेका नेताहरुले एमसीसीबारे फरकफरक धारणा राखेको उनले बताए । काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे । लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य गंगा शाही, रुपन्देही क्षेत्र नम्बर ५ का सभापति वसिउल्ला मुसलमान, ३ का सभापति सुशील गुरुङ, २ का सभापति हरि लम्साल, क्षेत्र नम्बर ३(१)का सभापति सुरेन्द्र जंग राणा, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, गैडहवा गाउँपालिका सभापति सत्यनारायण पथिक, तिलोत्तमा–८ का सभापति केशव अर्यालले बोल्दै मुलुकलाई काँग्रेसमय बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व, जिल्ला उपसभापति अनिता ढुंगाना शाहको स्वागत तथा सचिव हरि काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आगामी चैत २९ गतेसम्म चल्ने काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले बताए ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १६:५४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech