ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

केन्द्र र प्रदेशबाट ६० करोड वजेट ल्याएका वडाध्यक्ष न्यौपाने : वडालाई उत्कृष्ट बनाए, पार्टीले विश्वास गरे मेयरमा उठ्ने

Lumbini Darpan 3 २०७८ चैत्र १७, बिहीबार १६:४४
[sharethis-inline-buttons]

तिलोत्तमा ।

 सामान्यतया अधिकांश पालिकाका वडा अध्यक्षहरुले आफ्नो वडाको मात्रै चासो राख्ने र वडामा वजेट ल्याउन पहल गरेको देखिन्छ । तर तिलोत्तमा नगरपालिका–९ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नारायण न्यौपानेले वडा भन्दा माथि उठेर काम गर्ने जनप्रतिनिधिको बेग्लै पहिचान बनाएका छन् । उनी वडामा मात्र सीमित नभई नगरका अन्य वडाको विकास निर्माणलाई पनि उत्तिकै महत्व दिएर संघीय र प्रदेश सरकारमा धाएर ११ वटा योजना वजेटमा पारेर ६० करोड बढी वजेट ल्याउन सफल भए । एमालेको वाहुल्य रहेको नगरपालिकामा अरु १६ वटा वडालाई उछिन्दै न्यौपानेको वडा नंं ९ लाई नगरपालिकाले नै उत्कृष्ट वडाको रुपमा पुरस्कृत गरेको छ ।

न्यौपानेले प्रदेश सरकारबाट टिका भवन– प्रेमनगरसम्मको १ किलोमिटर ४३ फुट सडकका लागि २ करोड वजेट , विश्वशान्तिचोकदेखि केवलानसिम्मको २ किलोमिटर २० फुटे सडकलाई ४० फुटको बनाई पिच गर्न केन्द्रबाट १० करोड, ज्ञानोदयचोकदेखि विश्वशान्तिचोकसम्मको सडकलाई १ करोड वजेट ल्याउन सफल भए । यस्तै सभ्यपथदेखि घरबासमार्गका लागि केन्द्रबाट ९० लाख, टिकाभवन–प्रेमनगर सडकका लागि प्रदेशबाट १ करोड,जनकपथ सडकका लागि १ करोड,घरबासमार्गका लागि प्रदेशबाट ७२ लाख,टिकाभवनदेखि शंकरपुरसम्म करिब २ किलोमिटर सडकका लागि १० करोड वजेट ल्याउन सफल भए । यस्तै ३ नम्बचोक–दक्षिणटोला सिंचाई कुलो ढलाईका लागि प्रदेशबाट ३५ लाख, बीपी मार्गका लागि केन्द्रबाट ६० लाख,बीपीग्राम सडकलाई १ करोड, ओशो भिलेज मार्गलाई केन्द्रबाट ३२ लाख,झुमाडांडा सडकलाई केन्द्रबाट ५४ लाख,सैनिकपथलाई ९५ लाख वजेट ल्याउन वडा अध्यक्ष न्यौपाने सफल भए ।

यस्तै मंगलापुरको रामजानकी मन्दिर छेउको पार्कलाई जेष्ठ नागरिक मिलन केन्द्र र बाल उद्यान बनाउन केन्द्रबाट २ करोड वजेट ल्याएर काम भइरहेको छ । यस्तै वडा नं १७ को वीपीग्राममा १५ बेडको अस्पताल बनाउन १८ करोड ६८ लाख वजेट ल्याउन पनि आफूले पहल गरेको वडा अध्यक्ष न्यौपानेको दावी छ । वडा कार्यालय परिसरमा ५ कठ्ठामा नेपालकै दोस्रो ठूलो कभर्ड हल बनाउन ३ करोड ८० लाख वजेट पार्न पनि वडा अध्यक्ष सफल भएका छन् । यस्तै गौतमब’शद्ध माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ७२ लाख,विश्व शान्ति आधारभुत विद्यालयलाई भवन निर्माणमा ६० लाख,गौतमबुद्ध आदर्श शिशु सदनमा ७ लाख वजेट ल्याउन पनि सफल भएको अध्यक्ष न्यौपानेले बताए ।
‘वडामा बसेर केन्द्र र प्रदेशको वजेट ल्याउन सम्भव हुदैन, मैले वडा सदस्यहरुलाई कार्यवाहक दिएर केन्द्र र प्रदेशका मन्त्रालयमा धेरै धाएं’–अध्यक्ष न्यौपानेले भने–‘मन्त्रालयका सचिव र कर्मचारीहरुले यति धेरै धाउने वडा अध्यक्ष देखेका थिएनौं भन्नुहुन्थ्यो, त्यसरी निरन्तर लागेको भएर संभवतः देशभरकै नगरपालिकाका वडा मध्ये मैले नै सबैभन्दा धेरै वजेट ल्याउन सफल भएको हुं ।’ शुरुको साढे ३ वर्ष केन्द्र र प्रदेशमा आफ्नै दलको सरकार भएको भए अझ धेरै वजेट आउने उनले बताए ।

सार्वजनिक जग्गा संरक्षण गरेर हाइहाइ- कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुको मिलेमतोमा सार्वजनिक जग्गा हिनामिना भएको,नक्कली जग्गाधनी खडा गरेर जग्गा विक्रि गरिएको खबरहरु आइरहंदा वडाध्यक्ष न्यौपानेले भने अतिक्रमित भएको र विक्रि भएको करोडौंको सार्वजनिक जग्गा सरकारको नाममा ल्याएर साहसिक काम गर्दै हाइहाई भएका छन् । आफू निर्वाचित भएर आएको ३ महिनाभित्र अतिक्रमण भएका सार्वजनिक जगा वडा मातहत ल्याउने प्रतिवद्धता गरेका अध्यक्ष न्यौपानेले ८६ लाखमा विक्रि भइसकेको दक्षिणटोलाको २ कठ्ठा ३ धुर जग्गाको पैसा फिर्ता गरेर नगरपालिकाको नाममा ल्याएर स्वास्थ्य केन्द्र बनाएका छन् । यस्तै अतिक्रमण भएको हालको वडा कार्यालय रहेको केवलानीको करोडौं मूल्यको २ बिघा बढी जग्गा वडा अध्यक्षले वडाको मातहतमा ल्याउन ठूलो मेहनत गरे । उक्त जग्गा वडा मातहत ल्याउने प्रयास असफल बनाउन भूमाफियाहरुले करोडसम्मको अफर गर्नुका साथै आफ्नो घर समेत घेराउ गरेका तर आफू दृढ अडानमा रहेर असफल बनाएको न्यौपानेले बताए । अतिक्रमणमा परेको २ बिघा जग्गा वडा मातहत ल्याउन सफल भएपछि उनले सबैभन्दा पहिला वडा कार्यालय भवन बनाए, बांकी जग्गामा १५ बेडको अस्पताल बनाउने प्रस्ताव गरेपनि नगरपालिकाको नेतृत्वले आनाकानी गरेपछि त्यहां बनाउन खोजेको अस्पताल वडा नं १७ को वीपीग्राममा बनाउन पहल गरेको अध्यक्ष न्यौपानेले बताए । वडा कार्यालय अगाडिकै विक्रि हुन लागेको २ कठ्ठा सार्वजनिक जग्गा पनि वडाले संरक्षण गरेको छ भने ज्ञानोदय टोलको १ कठ्ठा जग्गा पनि संरक्षण गरी क्लबलाई दिइएको छ ।

सामाजिक सेवामा पनि मनकारी- वडा अध्यक्ष न्यौपाने सामाजिक सेवाका काममा पनि उत्तिकै अग्रसर छन् । उनले जनप्रतिनिधिका रुपमा पाउने आफ्नो पारिश्रमिक रकमबाट सरकारी विद्यालयका छात्रछात्रालाई ड्रेस, झोला,जुत्ता वितरण गर्नुका साथै गौतमबुद्ध माविलाई स्कुल बस खरिद गर्न व्यक्तिगत एक लाख ११ हजार दिएका छन् यस्तै नीजि श्रोतको एक जना शिक्षकको ११ महिनाको तलब बराबर एक लाख बढी रकम र अर्को विद्यालयमा विद्यार्थी बोक्ने अटो रिक्सा किन्न एक लाख रुपैयां नगद सहयोग गरेको अध्यक्ष न्यौपानेले बताए । गौतमबुद्ध आदर्श शिशु सदनमा जनप्रतिनिधिहरु निर्वाचित भएर आउंदा ५ वर्षदेखि विद्युत काटिएको थियो । अध्यक्ष न्यौपानेले ५ वर्षको महशुल व्यक्तिगतरुपमा तिरिदिएर विद्युत आपुर्ति गराएका थिए । अरु क्षेत्रमा धेरै काम भएपनि शिक्षामा अझै धेरै काम गर्न बांकी रहेको उनले स्वीकार गरे ।

अब मेयरको आकांक्षी-वडा अध्यक्षका रुपमा ५ वर्षे कार्यकाल सकिन लाग्दै गर्दा न्यौपानेले सबै दल र संघसंस्थालाई समेटेर विवादरहित ढंगले कार्यकाल पूरा गरेको बताए । वडा अध्यक्षको कार्यभार कुशलतापुर्वक सफल भएको हुंदा न्यौपानेले तिलोत्तमाको मेयरमा उम्मेदवार हुने आकांक्षा व्यक्त गरेका छन् । ‘एमालेको दबदवा भएको नगरपालिकामा राम्रो काम गरेर वडालाई उत्कृष्ट बनाएर पार्टीको गरिमा बढाएको छु’–न्यौपाने भन्छन्–‘नगरपालिकालाई कसरी नेतृत्व गर्नुपर्छ भन्ने अनुभव लिएं,अब मेयरको आकांक्षी छु तर पार्टीले के निर्णय गर्छ, त्यो मान्छु, टिकट दिए जितेर देखाउंछु । वडावासी सन्तुष्ट-वडा अध्यक्ष न्यौपानेले वडामा विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारबाट ११ वटा योजनामा करिब ६० करोड वजेट ल्याउन सफल भएपछि वडावासीहरु उनको क्षमता देखेर खुशी र दंग छन् । मिलिजिुली टोल विकास संस्थाका बाबुराम रेग्मीले न्यौपाने जस्तो सक्षम र वडावासीका कुरा सुन्ने व्यवहारिक वडा अध्यक्ष केन्द्र र प्रदेश सरकारबाट यति धेरै वजेट शायद अरु कुनै वडा अध्यक्षले ल्याउन सक्लान्’–रेग्मीले भने । सभ्यपथका बालकृष्ण खरेलले शुरुमा जनप्रतिनिधि आउंदा धेरै ठाउंमा सडक,विद्युत पोल,सडक वत्ती नभएको तर वडा अध्यक्ष आइसकेपछि विकासको लहर ल्याएको बताए । ‘वडा अध्यक्षले कसैलाई पक्षपात नगरी पारदर्शी ढंगले काम गरे’–खरेलले भने–‘यो ५ वर्षमा हाम्रो वडा अध्यक्षले नराम्रो काम गरे भन्ने एउटा शब्द पनि सुन्न परेको छैन ।’ अर्का स्थानीय ध्रुव न्यौपानेले बेवारिसे अवस्थामा रहेको पदम सिंचाई प्रणालीलाई मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याई करिब सय बिघा खेतमा सिंचाई सुविधा पु¥याएको बताए । सिंचाई डिभिजन कार्यालयबाट २० लाख रुपैयां वजेट ल्याएर सिंचाई प्रणालीलाई व्यवस्थित बनाएको न्यौपानेले बताए ।

चोकचोकमा सीसीटीभी- तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९ मात्रै त्यस्तो वडा हो, जसको चोक चोकमा सीसीटीभी क्यामेरा जडान भएका छन् । वडाकै १४ लाख रुपैयां वजेटबाट ४२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको वडावासी रमेश न्यौपानेले बताए । सीसीटीभी क्यामेरा जडानले वडा र वडाबासीलाई सुरक्षित बनाउन सहयोग पुगेको न्यौपानेले बताए । ‘ आफ्नै वजेटबाट सीसीटीभी क्यामेरा जडान गर्ने वडा संभवतः नेपालकै पहिलो हो’–उनले भने । वडा सदस्य मिस्सु शाही ठकुरीले न्यौपानेको नेतृत्वमा रहर काम गर्दा वडावासीबाट कुनै गुनासो सुन्नु नपरेको र चुनावका बेला गरेका सबैप्रजसो प्रतिवद्धता पूरा गर्न सफल भएको बताइन् । यो ५ वर्षमा महिला र बालबालिकाका क्षेत्रमा नेतृत्व विकास तालिम,सिलाई कटाई लगायत रोजगारमुलक धेरै काम गरेको उननको भनाई छ । अर्की वडा सदस्य सिर्जना बुढाप्रितीले दलित समुदायको उत्थान र विकासका लागि वडा अध्यक्ष न्यौपानेले धेरै काम गरेको बताए ।

साभार ः सवल पोष्ट


प्रकाशित : २०७८ चैत्र १७, बिहीबार १६:४४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech