तिलोत्तमा ।
नेकपा एमालेले तिलोत्तमा वडा नं ९ शाखा कमिटिले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेद्धारहरुको टुङ्गो लगाएको छ ।
नगरपालिकाको वडा नम्वर ९ बाट उम्मेदारी सर्वसम्मत बनाउने कार्यको सुरुवात भएको नेकपा एमाले तिलोत्तमा नगर उपाध्यक्ष नेत्र बनले बताउनुभयो । एमाले तिलोत्तमा वडा नम्वर ९ को वडाअध्यक्षका लागि बाबुराम भण्डारी सर्वसम्मत हुनुभएको छ । उहाँ नेकपा एमाले तिलोत्तमा वडा नं ९ को शाखा कमिटि अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट सदस्यहरुका लागि तारा सुनार, लभसन गुरुङ्ग, तारा गुरुङ्ग र कमल रेग्मिलाई सर्वसम्मत चयन गरेको उहाँले बताउनुभयो ।



















