ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीका सबै उपमहानगरमा एकलौटी गर्ने काँग्रेसको प्रयास, गठबन्धनमा खटपटको संकेत

Lumbini Darpan 3 २०७९ बैशाख ७, बुधबार १४:००
[sharethis-inline-buttons]

बुटवल ।  वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धन दल बीच खटपट देखिएको छ । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले लुम्बिनीका ४ वटै उपमहानगरसहित अधिकांश पालिकाहरुमा आफ्नो बर्चश्व जमाउन खोजेपछि खटपटको संकेते र्सिजान भएको हो ।

गठबन्धनमा रहेका अन्य ४ दल मध्ये कुनै पनि दललाई प्रदेशका उपमहानगरहरुको प्रमुख पदमा निषेध गर्ने काँग्रेसको रणनीतिले अन्य दलहरु बिच्किएका छन् । यसैगरी नगरापलिका तथा गाउँपालिकाहरुमा समेत काँग्रेसले बढी भाग खोज्न थालेपछि गठबन्धनकै दलले गठबन्धन बाहिरका अन्य दलहरुसँग मिलेर वा एक्लै पनि चुनावमा जाने निर्णय भएको छ ।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल उपमहानगरमा काँग्रेसले आफ्नो पार्टीकोतर्फबाट प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ । काँग्रेसको उक्त निर्णयसँगै उपमहानगरको प्रमुख पद आफूहरुले पाउनु पर्ने माग राख्दै आएको एकीकृत समाजवादीलाई ढोका बन्द जस्तै भएको छ । गठबन्धन दलभित्र सहमती नै नगरी काँग्रेसले एकपक्षीय रुपमा आफ्ना पार्टीका नाम सिफारिस गर्दा एकलौटी गर्न खोजेको आरोप अन्य दलका नेताहरुले लगाउने गरेका छन् । काँग्रेसले गठबन्धनको नाममा फाइदाजती आफूले मात्रै लिन खोजेको गठबन्धन दलका एक नेताले गुनासो गरे । यद्यपी काँग्रेस भित्रै अर्को पक्षले नाम सिफारिसको विषयमा असन्तुष्टि जनाएका छन् । प्रमुखको दाबी गर्दै आएका उनीहरुले पार्टी भित्र छलफल नै नगरी एकलौर्टी नाम सिफारिस गरेको भन्दै अन्तरसंघर्षमा रहेका छन् ।
यसैगरी दाङको घोराही उपमहानगरपालिकामा पनि आफूहरुले नै प्रमुख पदको उमेद्वार बन्न पाउनु पर्ने स्थानीय तहका काँग्रेस नेताहरुले अडान राख्दै आएका छन् । नेपाली कांग्रेस घोराही नगर समितिले मँगलबार पत्रकार सम्मेलन गरी काँग्रेसलाई प्रमुख पद नदिए परिणाम राम्रो नआउने चेनावनी दिएको छ । गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि मुख्य प्रतिष्पर्धी कांग्रेस भएको दाबी गर्दै प्रमुख पद पाउनु पर्ने अडान राखेको हो । कांग्रेस घोराही उपमहानगरपालिका नगर सभापति तिलक रावत गठबन्धनका नाममा दुई नम्बर क्षेत्रका स्थानीय तहहरुमा कांग्रेसलाई सून्य बनाउन नसकिने भन्दै नेतृत्वलाई उचित निर्णय लिन आग्रह गरे । नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य जानका केसी, कांग्रेस जिल्ला सदस्यहरु बद्री खड्का, खेमराज विश्वकर्मा, क्षेत्र नम्बर २ का सहसचिव रमेश पाण्डेय लगायतका नेताहरु कुनै पनिहालतमा घोराईको प्रमुख पद माओवादी केन्द्रलाई बुझाउने पक्षमा छैनन् ।
लुम्बिनीका ४ उपमहानगर मध्ये घोराहीमा आफूले प्रमुख पद पाउनु पर्ने माग राख्दै आएको माओवादी केन्द्रलाई स्थानीय नेताहरुकै जोडबल प्रयोग गरी काँग्रेसले रोक्ने प्रयास गरेको देखिन्छ । बाँकी रहेका तुलसीपुर उपमहानगरपालिकामा पनि काँग्रेसले नै प्रमुख पदको दाबी गरेको छ भने नेपाल गञ्ज उपमहानगरपालिकामा पनि प्रमुख पद पाउनु पर्ने दाबी गर्दै आएको जनता समाजवादी पार्टी जसपालाई रोक्ने प्रयासमा काँग्रेस रहेको देखिन्छ ।
सुरुदेखि नै गठबन्धनको विपक्षमा रहेका काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले स्थानीय तहहरुमा पार्टीका नेताहरुले गठबन्धन विरुद्ध गरेका गतिविधिहरुलाई मौन समर्थन गरेको देखिन्छ । गठबन्धनको विपक्षमा रहे पनि सभापति पुन अन्त्यमा पार्टीको केन्द्रीय तहको निर्णयसँगै पक्षमा उभिएका व्यक्ति हुन् । गबन्धन गर्दा नेपाली काँग्रेसले धेरै गुमाउनु पर्ने तर्क गर्दै आएका उनी केन्द्रीय तहको निर्णय र निर्देशनसँगै साइजमा आएका थिए ।
व्यक्तिगत रुपमा भने उनी अझै पनि गठबन्धनको पक्षमा नरहेको बताउँछन् । नीतिगत रुपमा पार्टीले निर्णय गरेपछि भने त्यसको बिरोध गर्दै आफू नहिँडेको उनले बताउँछन् । गठबन्धन गर्दा व्यवस्थित गरिकाले गर्नुपर्ने तर्क गर्दै उनले भनेका छन् ‘गठबन्धनका नाममा गलफासो नगरौं भन्ने हो, त्यस विषयमा मैले आफ्नो फरक मत राखीसके ।’ उनले अघि भने, ‘पार्टीले गठबन्धन गर्ने निर्णय गरेपछि मैले त्यसको विरोध गर्दै हिँडेको पनि छैन, हिँड्न पनि मिल्दैन, मिल्दो जुल्दो तरिकाले गठबन्धन गरौं भन्ने हो ।’
गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले केही पालिकाहरुमा एक्लै चुनावमा जाने तथा केही पालीकाहरुमा गठबन्धनभन्दा बाहिरका दलहरुसँग मिलेर जानेगरी निर्णय गरेको छ । उक्त निर्णयले पनि लुम्बिनीमा गठबन्धनको चुनावी तालमेल कमजोर हुन लागेको संकेत गर्दछ । भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाले बहुमत प्राप्त गरेका स्थानहरुमा समेत नेपाली काँग्रेसले दाबी गरेपछि ती स्थानहरुमा एक्लै चुनावमा जाने निर्णय सो पार्टीले जनाएको छ ।
मँगलबार बसेको जसपमा जिल्ला समन्वय समिति रुपन्देहीले आवश्यकता अनुसार गठबन्धन बाहिरका दलसँग पनि सहकार्य हुनसक्ने निष्कर्ष निकालेको हो । स्थानीय तहका नेता कार्यकर्ताको चाहना र आवश्यकताअनुसार निर्वाचनमा पाँचदलीय गठबन्धन बाहिरका दलसँग पनि सहकार्य गरेर अगाडि बढ्न सकिने जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए । काँग्रेस एक्लैले हालीमुहाली गर्न खोजे गठबन्धन नै संकटमा पर्न सक्ने गठबन्धन दल भित्रका एक नेताले बताए । यद्यपी गठबन्धन दलहरु बीच केन्द्रीय सहमतिमा भने मिलेर उमेद्वारको टङ्गो लगाउने सहमति भएको छ ।


प्रकाशित : २०७९ बैशाख ७, बुधबार १४:००

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech