ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख घिमिरेद्धारा नगर प्रमुखका उम्मेदवार चापागाईंलाई शुभकामना दिदै प्रेस नोट

Lumbini Darpan 3 २०७९ बैशाख ११, आईतवार १४:०३
[sharethis-inline-buttons]

तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा दावी गर्दै आएका नगरप्रमुख बासुदेव घिमिरेले नगर प्रमुखका उम्मेदवार मोहन चापागाईंलाई शुभकामना दिदै प्रेस नोट जारी गरेका छन् ।

घिमिरेले आफ्नो ५ बर्षे कार्यकालको समिक्षा गर्दै आफुले अगाडि सारेका कार्यक्रम पुरा गर्न चापागाईंलाई मतदान गर्न समेत आग्रह गरेका छन् । सामाजिक सन्जाल फेसबुक मार्फत जारी गरेको सन्देश यस्तो छ स

आदरणीय तिलोत्तमाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु १ हार्दिक नमस्कार तथा अभिवादन ११

२०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा तपाईंहरुको अमूल्य मतबाट म तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएको यहाँहरुलाई विदितैं छ। त्यसयता मेरो नेतृत्वको टीमले तिलोत्तमा नगरपालिकाको समग्र विकासमा नयाँ आयाम ल्याएको यहाँहरुले महशुस गर्नुभएकैं छ। नयाँ नगरपालिका भए पनि पाँच वर्षको अवधिमा सहरी विकासका तमाम पूर्वाधार, नीतिगत व्यवस्था, आवधिक र दीर्घकालीन योजना निर्माण, सामाजिक सशक्तिकरण, सचेतना अभिवृद्धिका सन्दर्भमा कयौं महत्वपूर्ण काम भएका छन्। शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, भौतिक पूर्वाधार, उद्यमशीलता, सहरी सौन्दर्य, सामाजिक उत्थान, खेलकुद, पर्यटन, महिला सशक्तिकरण, बालबालिकाको सर्वोपरी हित, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा समाजमा पछि पारिएका वर्ग, समुदायको उत्थान लगायतका सबै क्षेत्रमा हामीले निकैं सुझबुझ तरिकाले दीर्घकालीन लक्ष्यका साथ काम अघि बढाएको यहाँहरुलाई जानकारी भएकैं विषय हो।

यो अवधिमा हामीले चलाएका अभियान, गरेका असल अभ्यास, विकास निर्माणको कामको मूल्यांकनबाट तिलोत्तमा नगरपालिका लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भैसकेको छ ।

यो अवधिमा हामीले चलाएका अभियान, नीतिगत निर्णयको कार्यान्वयनमा नगरबासीले जुन हिसाबले साथ, सहयोग दिनुभयो त्यसले हामीलाई निकैं हौसला मिलेको छ । यहाँहरुको साथ, समर्थनले नैं तिलोत्तमा नगरपालिकाले राष्ट्रिय रुपमा फरक पहिचान बनाउन सफल भएको हो । यसमा यहाँका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघ संस्था, निकाय, विकास साझेदारी, क्लव, आमा समूह, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न पेशाकर्मी लगायत सबै नगरबासीको उत्तिकैं योगदान छ ।

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु १ नेकपा एमालेको नेतृत्वले तिलोत्तमा नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर तिलोत्तमालाई एउटा समृद्ध नगर र यहाँका नगरबासीलाई सुखी बनाउन यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन म सम्पूर्ण नगरबासीलाई आग्रह गर्दछु ।

यो अवधिमा मेरो नेतृत्वको टीमले गरेका असल अभ्यासलाई निरन्तरता दिँदै तिलोत्तमालाई उत्कृष्ट नगर बनाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य छ ।

समय सीमा, बजेट अभाव, कानुनी जटिलताका कारण हाम्रो टीमले गर्न बाँकी रहेका कतिपय काम नेकपा एमालेको नेतृत्वमा अब आउने नयाँ टीमले गर्दा तिलोत्तमाको विकासले नयाँ उचाईं प्राप्त गर्नेछ ।

बाँकी कामलाई पूरा गराउन र सुरु गरिएका कामलाई नयाँ उचाईंमा पुर्याउन नगर प्रमुख पदका उम्मेदवार क। मोहन चापागाईं नेतृत्वको टीमलाई सूर्यचिन्हमा अमूल्य मत दिएर विजयी गराउन म सम्पूर्ण नगरबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु ।

बासुदेव घिमिरे नगर प्रमुख

तिलोत्तमा नगरपालिका

मिति ः २०७९।०१।११


प्रकाशित : २०७९ बैशाख ११, आईतवार १४:०३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech