बुटवल,बैशाख १६ ।भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो ।
नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आब्हान गर्नुभयो । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप बिकास,सञ्चार प्रविधि,युवा खेलकुद ,कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ ।
हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पती करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार रामकृष्ण खांणले बताए।
त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाइ व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिने उहाको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा रहनु हुने तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु। १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ ।
उम्मेदवार खांणले जनताबाट उठाएको करले सालिक,गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए। कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइने उहाको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ ।
उम्मेदवार खांणको प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताए ।
नागरिकहरुको आर्थिक स्तर अनुसारका न्यून मूल्यमा कार्यालयको नयां भवननिर्माण गर्ने र भवनको डिजाइन तयार गरिने बताए ।
तिलोतमा बासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्वाहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोतमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
अध्ययन संगसमे स्व आर्जन प्राविधिक क्याम्पस संचालन गरिने छ। सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना छ । नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ ।
नगरका सरकारी जग्गा संरक्षण र सहि उपयोग गर्ने तर कुनै प्रकारले पनि गाको अतिक्रमण गर्न र कसैलाई भोगाधिकार नदिइने प्रतिबद्धता गरिएको छ ।
नगरभित्र कुनै पनि सिटी वस्तु विक्री वितरणमा पूर्ण रूपमा कामुनी बन्देज लगाइने र बिजुलीबाट चल्ने इन्डक्सन चुलो खरिद गर्दा खरिद मूल्यको ६०प्रतिशत अनुदान दिइने उल्लेख छ ।विद्युत महशुलमा ३० युनिट सम्म खपत जबैलाई छुट दिइने र पानीको ब्यूनतम महशुलमा शतप्रतिशत छुट दिइने जनाइएको छ ।
तिलोतमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबसथा र सीसीटीभी जडान गरिने उल्लेख छ ।मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरे बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने जनाइएको छ ।
पांच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता ः
रुपन्देहीको तिलोत्तमामा कृषि क्षेत्रलाइ प्रमुख प्राथमिकता दिइएको छ । नगरमा एक वडा एक हाट बजार कृषि उत्पादन खरिद बिक्री योजना लागू गरिने संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कृषि उत्पादनमा युवा लक्षित रोजगार कार्यक्रम लागू गर्ने योजना छ ।भने पाँच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता गरिनुका साथै एक वर्षसम्म स्थानीय कर छुट दिइने प्रतिबद्धता पत्रमा छ । यसले युवा लगानीकर्ता र कम पूजी भएका लगानी कतालाइ थप उत्साहित बनाएको छ ।
त्यस्तै कृषकलाई आवश्यकता अनुसार बिउ मल र औषधी समयमा मै उपलब्ध गराउने, प्रत्येक वडाको सेती योग्य जमिनको तथ्यांक संकलन गरी कृषि उत्पादन वृद्धि गर्न तिलोत्तमा नागरिक कृषि कार्यक्रम लागु गर्ने भनिएको छ । त्यस्तैगरि सामुहिक सेती प्रणाली कार्य योजना लागू गरिने , प्रारिक मल उत्पादनमा आवश्यक आर्थिक सहयोगको व्यवस्था गराइने,१६÷३६ लुभुज सिंचाइ कुलोलाई थप व्यवस्थित गराइने,नगर नागरिक कृषि साक्टर कढ़ाई मेसीन तथा उपकरण योजना लागू गर्नेगरि कृषि क्षेत्रलाइ प्राथमिकतामा राखिएको हो ।
नगरभित्र विद्युतीय बस चलाइने ः
भौतिक तथा पूर्वाधार विकासमा पनि चासो दिइएको छ । तिलोतमा नगरपालिका भित्र विद्युतीय बस सेवा संचालन गरिने योजना छ । तिलोत्तमामा ५ वर्ष भित्र तिलोत्तमामा चक्रपथ निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ । त्यस्त्ै नगर भित्र सम्पूर्ण बाटी जाली सहित कालोपत्रे बनाइने ,भित्री सहकहरुमा सडकबत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ ।
नगरलाइलाई हरितः सहर बनाउने योजना लागू गरिने उल्लेख छ ।



















