बुटवल, १८ बैशाख । नेकपा एमाले तिलोत्तमा वडा नं। ३ ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेल (रामु) ले बृद्धभत्ता घर घरमा पुराउने देखि वडाको सन्तुलित विकास गर्ने गरी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
नेकपा एमालेका उम्मेदवारहरुले ५ बर्षमा गर्ने काम वडा अध्यक्ष, वडा सदस्यहरुले प्रतिबद्धता पत्रमा लोकप्रिय कार्यक्रमहरु समाबेश छन्। वडाका मुख्य स्थानमा सिसिटिभी जडान, सिमानगर र सुनौलो नगरलाई पायक पर्ने गरी प्रहरी चौकी स्पथापना, भ्रष्टचारलाई शुन्य सहनशिलताको निती अवलम्ब गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
सामुदायको छुवाछुत, जातीय विभेद, लैङगिक विभेद, महिला हिंसा, बालशोषण, दुव्र्यसनी, अन्धविश्वास जस्ता कुरिटी हटाउन अभियान सञ्चालन गर्ने, फुटपाथ, नाली सहित भित्री सडक कालोपत्रे, विस्तार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेल (रामु)ले बहुउद्देश्यीय बृहत्त सभा हल, व्यवस्थित पार्किङ, तटबन्ध निर्माण, जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए।
सामुदायिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सहित स्तर उन्नती, महिला स्वास्थ्यलाई प्राथमिकता, सार्वजनिक पुस्तकालय सञ्चालन, पोषण कार्यक्रम जस्ता योजना प्रतिबद्धता पत्रमा समेटिएका छन्।
फोहोरमैला व्यवस्थापन ढल निकास, सार्वजनिक शौचालय निर्माण, दुग्ध उत्पादन, अर्गानिक तरकारी उत्पादन, कौसी खेती प्रबद्र्धन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
पशु विमा, कृषि विमा कार्यक्रमको बृद्धि विकास, रोजगारमुलक तालिम, सिपमुलक तालिम, एक घर एक राजगारी अवधारणलाई लागु गर्न पहल गर्ने अध्यक्ष पदका उम्मेदवार पौडेलले बताए। ‘विदेशबाट आएकाहरुलाई यहि राख्न विभिन्न योजना बनाउने छु। साना तथा मझौला उद्योग र श्रममुलक उद्योग स्थापना गरी रोजगार सिर्जना गर्न म लाग्नेछु।’ उनले भने ।
त्यस्तै उनले सिमानगर खेलमैदान स्तर उन्नती, कवर्ड हल निर्माण, दुई बर्ष भित्र वार्डमा आवश्यक स्थानमा ट्रान्सफर्मर जडानको काम पनि गर्ने बताए। त्यस्तै उनले अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने पनि बताए।
तिलोत्तमा नगरपालिकामा एमालेबाट नगरप्रमुखमा मोहन चापागाई, उपप्रमुखमा जागेश्वरीदेवी चौधरी चुनावी मैदानमा छन्। त्यस्तै वडा नंं ३ बाट अध्यक्षमा घनश्याम पौडेल (रामु) सहित वडा सदस्यमा शारदा भण्डारी, लक्ष्मी घिले, रुक प्रसाद अधिकारी र युवराज गिरी चुनावी मैदानमा छन्।




















