२०७९ । निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गर्दैछ । शुक्रबार अन्तिम नामावली प्रकाशन गरेसँगै आयोगले आज साँँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ । चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुन अघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउछन । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ ।
१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन । त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख , ९५ जनाले उपाध्यक्ष , १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडासदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन । जिल्लामा ५ लाख ३६ हजार ८ सय ५ जना कुल मतदाता रहेका छन ।




















