बैशाख २४ । यही निर्वाचन केन्द्रमा कोरोना विरुद्धको खोप लगाउँने भन्ने कुरा चलेको छ । सो कुराको खण्डन गर्दै स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा कोरोनाबिरुद्धको खोप नलगाएकाहरुलाइ निर्वाचनको दिन मतदान स्थलमा दिने भन्ने समाचार प्रकाशित भएपछि स्पष्टिकरण दिदैं यसबारे कुनै निर्णय नभएको जनाएको हो । मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्न आवश्यक भएकोले सम्भव नदेखिएको मन्त्रालयले बताए।




















