जेष्ठ ४ । रुपन्देहीको देवदह–५, मा नेपाल कम्यूनिष्ट पार्टी एमालेले प्यानल सहित विजयी भएको छ । देवदह–५, मा नेकपा एमाले वडाअध्यक्षका उम्मेदवार गणेश डुम्रेले १३८९ मत ल्याएर विजयी हासिल गर्नुभएको छ । डुम्रेले नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवार केशवराज पराजुलीलाई ३४० मतान्तरले जित हासिल गर्नुभएको छ । डुम्रेका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार पराजुलीले १०४९ मत प्राप्त गर्नु भएको छ । महिला सदस्यमा नेकपा एमालेका विमला दर्लामीले १६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार मायादेवी सापकोटाले ९८० मत प्राप्त गर्नुभएको छ । यसैगरी दलित महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार संगीता विकले १५६७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहा प्रतिद्धन्द्धी नेपाली काग्रेसका रुपा सुनारले ९७२ मत प्राप्त गर्नु भएको छ । यसैगरी खुल्ला सदस्यमा नेकपा एमालेका सावित्रा पौडेल १४९८ र होमनाथ भट्टराईले १५०७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाहरुका प्रतिद्धन्द्धी नेपाली काग्रेसका चेतबहादुर सिंजालीले ९४८ र भुवन खासुले १००९ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले बताए ।




















