बुटवल । राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका नेता खिमलाल भट्टराईले गल्ती कमजोरी भएर नै बुटवल लगायतका रुपन्देहीका अरु नहार्नु पर्ने पालिकाहरुमा एमाले हारेको बताएका छन् । पराजय व्यहोर्नु पछाडि साझा कारणहरू रहेको बताउँदै उनले तिनको पहिचान गर्दै समाधान गरेर अगाडि बढ्ने हो र फेरि पनि सबै मिलेर धूलो टक्टक्याएर रुपन्देहीको एमाले जाग्नुको विकल्प नरहेको बताए ।
जनताले नै हामीसॅग चित्त दुखाएको अवस्था हो । यो व्यक्ति व्यक्तिका कमजोरीतिर लागेर हामी सही निष्कर्षमा पुग्न सकिन्न । पराजय व्यहोर्नु पछाडि साझा कारणहरू छन् । ति समास्यहरु पहिचान गरि समाधान गरै र व्यक्तिलाई दुत्कार्ने काम बन्द गरौ ।’–उनले भनेका छन् ।




















