जेष्ठ ७ ।देश भरिमा हालसम्म ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ५७ स्थानीय तहको निर्वाचनको मतपरीणम सार्वजनिक भएको छ । जसमा नेपाली काङ्ग्रेसले अग्रता कायम राखेको छ । नेपाली काङ्ग्रेसले हालसम्म ३ सय ३ स्थानमा मेयर र २ सय ७७ स्थानमा उपमेयर पदमा जित हसिल गरेको छ ।
नेपाली काङ्ग्रेसपछि नेपाल कम्युनिष्ट पार्टी एमालेले अग्रता बनाएको छ । एमाले १ सय ८५ स्थानमा मेयर पदमा विजयी भएको छ भने २ सय १० स्थानमा उपमेयर पदमा जित हासिल गरेको छ ।
माओवादी केन्द्रले १ सय १८ स्थानमा मेयर र १ सय २३ स्थानमा उपमेयर पदमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले २४ मेयर पद र २७ उपमेयर पदमा विजय हासिल गरेको छ । एकीकृत समाजवादीले १७ स्थानमा मेयर र १९ स्थानमा उपमेयर पद जितेको छ । त्यस्तै लोसपाले १० स्थानमा मेयर र ९ स्थानमा उपमेयर पद जितेको छ ।




















