बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख गठबन्धनका खेलराज पाण्डे र उपप्रमुख एमालेकी सावित्रा अर्याल विजयी हसिल गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका पाण्डेको प्रतिद्धोधी नेकपा एमालेका बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय बुटवलका अनुसार पाण्डेले ३० हजार १३० मत पाप्त गर्दा एमालेका भट्टराईले २२ हजार ५९६ मत प्राप्त गरे । पाण्डेले निकटतम प्रतिद्वन्दिभन्दा ७ हजार ५३३ मत बढी लिएका छन् । यसैगरी राष्ट्रिय प्रजान्त्र पार्टी राप्रपाको तर्फबाट प्रमुख पदका उम्मेद्वार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे ।
अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धन दलको तर्फबाट उम्मेद्वार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरे । अर्यालले गठबन्धनका उम्मेदवारभन्दा ७ हजार ९२४ मत बढी प्राप्त गरेकी छन् । यसैगरी राप्रपाको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन् ।
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको शाख फर्काएको हो । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक जित हात पार्न सफल भएका हुन् ।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक वडा जितेका छन्




















