जेठ ८ गते । धनगढीको उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा कन्दकला राना भारी विजयी हसिल गरेका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् ।
स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । यस्तै प्रमुखमा नेकपा एमालेका रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार कन्दकला राना उनले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेकी छन् । उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत प्राप्त गरेका छन् । ९३ हजार १५१ मतदाता रहेको उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ।




















