जेठ १३ गते । रूपन्देहीको मायादेवी गाउँपालिकाका ध्रुवनारायण चौधरी एकमात्रै उम्मेदवार दोहोरिएर पालिकामा प्रमुख बन्ने अवसर पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरी दोस्रोपटक गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् ।२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरी अहिले सम्पन्न भाएको निर्वाचनमा पनि सोही गाउँपालिकाबाट कांग्रेसबाटै अध्यक्षका उम्मेदवार बनेका छन् ।
रूपन्देहीका १६ वटा स्थानीय तहबाट ११ जना पालिका प्रमुख÷अध्यक्षहरूले यसपटक पुनः पदमा उम्मेदवारी दिएका थिए । तर १० जना पालिका प्रमुखले निर्वाचनमा पराजित भएका छन् । मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरी भने पुनः दोस्रो पटक जनतलाई सेव गर्ने अवसर पाएका छन् ।
निर्वाचनमा चौधरीले ५ हजार ३ सय ८३ मत प्राप्त गरे र उनका प्रतिष्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे यादवले ४ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।
रूपन्देहीमा कतिपय पालिका प्रमुखहरूले यसपटक पार्टी परिवर्तन गरेर समेत सोही पदमा उम्मेदवारी दिएका थिए ।




















