ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीमा जिसस , कांग्रेस ३, एमाले र माओवादीको २र२ जिल्लामा बहुमत

Lumbini Darpan 3 २०७९ जेष्ठ १९, बिहीबार १०:३७
[sharethis-inline-buttons]

बुटवल ।
स्थानीय तहको निर्वाचन सकिएसँगै लुम्बिनी प्रदेशका राजनीतिक दलहरु जिल्ला समन्वय समिति गठनमा केन्द्रित भएका छन् । प्रदेशमा रहेका १२ जिल्ला मध्ये नेपाली कांग्रेसको ३ जिल्लामा, नेकपा एमाले र माओवादी केन्द्रको २र२ जिल्लामा एकल बहुमत रहेको छ । कांग्रेसको दाङ, बर्दिया र बाँके, एमालेको अर्घाखाँची र पाल्पा, माओवादीको रोल्पा र रुकुम पूर्वमा जिसस गठनका लागि एकल बहुमत छ ।

निर्वाचन आयोगको तथ्यांकलाई केलाउँदा २० मतदाता रहेको दाङमा कांग्रेसका १२ जना, १६ जना मतदाता रहेको बाँकेमा १२ मतदाता र १६ मतदाता रहेको बर्दिया जिल्लामा ९ जना मतदाता रहेका छन्। यी तीन जिल्लामा कांग्रेसका ५० प्रतिशतभन्दा धेरै मतदाता रहेकाले एकलौटी जिल्लासभा गठन गर्ने जनशक्ति कांग्रेससँग छ ।

यस्तै, २० मत रहेको पाल्पामा एमालेको ११ जना र १२ मतदाता रहेको अर्घाखाँचीमा ८ जना मतदाता रहेका छन् । यी जिल्लामा एमालेको ५० प्रतिशत भन्दा बढी मत रहेकाले एकलौटो रुपमा जिल्लासभा गठन गर्ने शक्ति एमालेसँग रहेको छ । यता, २० मत रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १५ जना र ६ मतदाता रहेको रुकुम पूर्वमा ५ जना मतदाता रहेकाले यी जिल्लामा माओवादीले एकलौटीमा रुपमा जिल्लासभा गठन गर्न सक्ने छ । गुल्मी, कपिलबस्तुमा र प्यूठान जिल्ला समन्वय समिति गठनका लागि सत्ता गठबन्धन बहुमतमा रहेका छन् भने रुपन्देहीमा सत्ता गठबन्धन अल्पमतमा रहेको छ ।

२४ मत रहेको गुल्मीमा कांगेस र एमालेका १०र१० मतदाता रहेका छन् भने माओवादी केन्द्रका ४ जना मतदाता रहेका छन् । १८ मतदाता रहेको प्यूठान जिल्लामा नेपाली कांग्रेसका ७, एमाले र माओवादीका ४र४ जना र राष्ट्रिय जनमोर्चाका ३ जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै मतदाता भार रहेको रुपन्देहीमा नेपाली कांग्रेसका १४ जना, एमालेका ११ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, जनता प्रगतिशिल पार्टीका २ जना, जनता समाजवादी पार्टी र राप्रपाको १र१ जना मतदाता रहेका छन् । रुपन्देहीमा सत्तागठबन्धन भन्दा बाहिरका दलहरुलाई मिलाएर जिल्ला समन्वयको नेतृत्वमा आफ्नो हातमा पार्ने तयारीमा नेकपा एमाले रहेको छ भने गठबन्धन पनि सकेसम्म लोकतान्त्रिक समाजवादीलाई उपप्रमुख दिएर नेतृत्व आफ्नो पक्षमा पार्ने करसतमा रहेका छन् ।

नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीलाई जिल्ला समन्वय समितिको उपप्रमुख दिएर तालमेल गर्ने कांग्रेसको तयारी रहेको छ । कांग्रेस र लोकतान्त्रिक समाजवादीसँग अनौपारिक छलफल भएको र छलफल सकारात्मक भएको कांग्रेसका जिल्ला सचिव हरिप्रसाद काफ्लेले बताए । ‘हाम्रो लोकतान्त्रिक समाजवादीसँग अनौपचारिक वार्ता भइरहेका छन् । वार्ता सकारात्मक नै भएको छ । अब सबै नगरको कार्यपालिका निर्वाचन सकिए पछि लोकतान्त्रिक समाजवादीसँग औपचारिक वार्ता गछौँ र सहमति गछौँ।’–उनले भने ।

यता नेकपा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले पनि साना सबै दलहरुलाई आफूहरुले मिलाएर लग्ने गरी अघि बढ्ने बताए । अहिलेसम्म जिससको तालमेलका लागि कुनै दलसँग छलफल नभएको बताउँदै अध्यक्ष केसीले भने ‘जिल्लाका सबै कार्यापालिकाको निर्वाचन सकिएपछि सकेसम्म सत्ता गठबन्धन भन्दा बाहिरका दलहरुसँग मिलेर जान्न सक्ने सम्भावना बलियो छ ।’

यस्तै १४ मतदाता रहेको नवलपरासी पूर्वमा नेपाली कांग्रेस र एमालेको ६र६ जना मतदाता रहेका छन् भने माओवादी र राप्रपाका १र१ जना मतदाता रहेका छन् । यसकारणले दुबै पक्ष राप्रपालाई मनाउने कसरतमा रहेका छन् । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदका लागि स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य र कार्यपालिका सदस्य मात्रै उम्मेदवार बन्न पाउँछन् ।


प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार १०:३७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech