असार ४ बुटवल ।रुपन्देहीमा जिल्ला समन्वय समितिको प्रमुखमा उमाकान्त चपाई विजयी भएको छन् । रुपन्देहीमा जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए ।३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल दलितरअल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाका मुकेश कुमार पाण्डे, नेकपा माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भएका निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।




















