तिलोत्तमा
तिलोत्तमा–मोतिपुर–लुम्बिनी सडकखण्डको तिनाउ नदी पुल गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन।
गृहमन्त्री खाँणले तिलोत्तमा हुँदै मोतीपुर हिँड्ने मानिसलाई पुलले सहज बनाए पनि सुरक्षाका दृष्टिकोणले खतरा हुन सक्ने भएकाले तत्कालै प्रहरी बिट राखी सुरक्षा दिन लुम्बिनी प्रदेश प्रहरी प्रमुखलाई निर्देशनसमेत दिएका छन् । उनले हाललाई सामान्य तरिकाले बारेर बिट बनाउने र काम सुरु गरिहाल्ने भन्दै पुल निर्माण भएको वारिको तिलोत्तमा नगरपालिका र पारिको बुटवल उपमहानगरपालिकामध्ये एकले प्रहरीका लागि २ कोठे आवास तथा शौचालय निर्माण गरी सहयोग गर्न आग्रह गरे । यस पुल निर्माणले बुद्ध सर्किट जोड्ने गरी मानिसको आवतजावत तथा ४ नगरको भाइचारामा थप टेवा पुग्ने भएको छ । साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि पुलले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रुपमा निर्माण सम्पन्न भएको हो। गृह मन्त्री खाणले सरकारले चाहँदा चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका काममा जनता र सम्बन्धित निकायले साथ दिनुपर्ने बताए । तिनाउ नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुलको प्रशंसा गर्दै मन्त्री खाँणले वेल सिंकिङ प्रविधिमा निर्माण सुरु भएको पुल आधाआधीमै कंक्रिटको ढलान भेटिएपछि डिजाइन बदल्नु परेकाले लामो समय रोकिएर निर्माण गरिएको बताए । ुअध्ययन र डिजाइन परिवर्तनको छलफलले लामो समय लिँदा काम रोक्नुपर्यो । उनले यस पुलको अध्ययन तथा छलपलका क्रममा आफूले पनि सामान्ने ओभरसेयर सरहको ज्ञान हाँसिल गरेको भन्दै अन्य स्थान तथा निर्माण व्यावसायिक लागि पनि तिनाउ नदी पुल सिकाइको पक्ष बनेको बताए ।
एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण ठेक्का लिएको पुलको आधा भागमा ढुंगा भेटिएपछि कसैले निर्माण पूरा गर्न नसक्ने बताएको खाँणले जानकारी दिए । उनले लामो समयपछि त्रिभूवन विश्वद्यिालयको इन्जिनियरिङ इन्स्टिच्युटका प्राज्ञको टोलीले अध्ययन गरी नक्सा परिवर्तन गर्ने सुझाव दिएपछि मात्र भौतिक पूर्वाधारले स्वीकृति दिई सडक डिभिजनले पुन स् काम गरेको जनाए ।
२०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाई तथा १ सय ८५ मिटर लामो छ । कुल १३ करोड ८३ लाख १५ हजार ३ सय ७८ रुपैयाँ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले बताए ।




















