बुटवल असार २४ ।
प्रकाश गौतम
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण सवार स्कारपियो जिप दुर्घटनामा परेको खवर बाहिर आएपनी त्यो सत्य नभएको मेयरका सहयोगी सन्दीप बस्यालले बताउनु भएको छ।
संन्चार माध्यममा नगरप्रमुखखांण सवार स्कारपियो जिप दुर्घटनामा भएको खवर बाहिर आएपछी हामीले घटनाका बिषयमा बुझ्दा सवारी दुर्घटना नभएको बस्यालले बताउनु भयो ।
उहांले गाडिको पछाडीको सिसा ग्यास सिसा हुने भएकाले अकस्मात फुटेको बताउनु भयो । साथै उहाले अन्य सन्चार माध्यममा आएको समाचार सत्य नभएको भन्दै सिसा फुटेको गाडि सामान्य मर्मतका लागी मैनाबगर रहेको बताउनु भयो ।




















