तिलोत्तमा असार ३२ ।
असार ३१ गतेका लागी डाकीएको तिलोत्तमा नगरपालिकाको १२ औं नगरसभाको तेश्रो बैठक बहुमत सदस्य उपस्थीत भएर पनि कोरम नपुगेको भन्दै मेयर रामकृष्ण खाणंले स्थगित गर्नुभएको छ।
नगरसभाका ९१ सदस्य मध्ये नगरप्रमुख बाहेकका ८८ जना सदस्यले बैठकको उपस्थीतीमा हस्ताक्षर गरी सकेपछि नगरप्रमुख रामकृष्ण खांणले बैठकमा कोरम नपुगेको भन्दै बैठक सूरु हुना साथ स्थगित गरेका थिए।


पहिले बजेट पारित गर्ने नगरप्रमुखको अडान र पहिले बिषयगत समितीहरु टुंगो लगाएर मात्रै बजेट पारीत गर्ने उप प्रमुखको अडानका कारण नगरसभा स्थगन भएको नगरपालिकाका एक अधिकृतले बताए।
नगरप्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहेपनि एमालेका जनप्रतिनिधीले भने बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने भएकोले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए।
नगरप्रमुख खाणले बजेटमात्रै पास गर्ने र एमालेका जनप्रतिनिधीले बजेट पारित गर्दा चारवटा विषयगत समिति समेत नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले सँगै कार्यसूचीमा राख्नुपर्ने अडान लिएपछि कार्यसूचीमै प्रवेश नगरी नगरसभा स्थतिग भएको हो।
गत असार १० गते प्रस्तुत गरिएको बजेट पारितको लागि उपप्रमुख जगेश्वरदेवी चौधरीले असार २१ गतेको लागि नगरसभा आव्हान गरेकी थिईन्। तर नगरप्रमुख रामकृष्ण खाणले २१ गतेको नगरसभालाई २६ गते हुँदै ३१ गतेको लागि सारेका थिए।
३१ गते दिउसो नगरसभा बोलाईएको भएपनि आफु अनुकुल निर्णय नहुने देखेपछि नगरप्रमुख खाणले बैठक स्थगित गरेको एमालेको आरोप छ। नगरप्रमुख खांणले भने गणपुरक संख्या नपुगेका कारणले स्थगित गरेको बताउदै आएका छन्।
गणपुरक संख्या नपुगेको भन्ने कुरा झुठो हो नगरसभामा ९१ जना जनप्रतिनिधीमध्ये नगरप्रमुख बाहेक ८८ जनाले हस्ताक्षर गरेको पछि गणपुरक सख्या पुगेन भन्न नमिल्ने उपप्रमुख जगेश्वरी चौधरीले बताईन्




















