ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

घरभित्रै असुरक्षित रुपन्देहीका महिला ,अवस्था यतीसम्म कहालीलाग्दो ।

Lumbini Darpan 3 २०७९ श्रावण १५, आईतवार ०९:०६
[sharethis-inline-buttons]

रुपन्देही । जन्मघर, बाल्यकाल, किशोरअवस्था हुर्केको घर परिवार छाडेर कलकलाउँदो उमेरमा सामाजिक संस्कार अनुसार बिहेबारी गरी नयाँ घरबारमा जाने रुपन्देहीका महिलाहरू घरभित्रै असुरक्षित भएको घटनाले पुष्टि गरेका छन् ।

 

रुपन्देही जिल्लाको विभिन्न क्षेत्रमा भएको अधिकांश महिला हत्या तथा आत्महत्या घरभित्रकै मानिसहरूको कारण भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । यहाँ प्रस्तुत गरिएका रुपन्देहीमा भएका चार प्रतिनिधि घटनाले पनि यसको पुष्टि गर्छ ।

घटना नम्बर १

२०७८ जेठ २ गते जिल्ला प्रहरी कार्यालयले एउटा गोप्य सूचना पायो । सूचना एउटा नेपाली दम्पतीका बारेमा थियो । उक्त सूचनामा भनिएको थियो( एकजना नेपाली महिलालाई आफ्नै श्रीमानले कलगर्लको रुपमा काम गराउने र भारतमा यौनधन्दा गर्नको लागि लग्ने गरेको भन्ने ।

श्रीमतीले काम गर्न नमान्दा चरम यातना दिएको भन्ने पनि सूचना प्रहरीले पाएको थियो । सोही सूचना आधारमा प्रहरीले आफन्त नेपाल संस्थाको सहयोगमा भारतबाट श्रीमतीलाई उद्धार गरेर ल्यायो । श्रीमानबाटै बेचिनबाट ती महिलालाई रोक्यो । श्रीमानलाई प्रहरीले पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दायर गर्यो । यतिबेला श्रीमान पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा विचाराधीन रहेको छ ।

घटना नम्बर २स् २०७८ साउन २३ गते रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ३ मा २३ बर्षिया सन्जु पासी मृत अवस्थामा फेला परिन । प्रहरीले अनुसन्धान गर्दै जादा सन्जुको आफ्नै ससुरा रामलाल पासी र सासु रुक्मणी पासीले हत्या गरेको प्रमाण भेटायो । अहिले दुवै जना जिल्ला कारागार रुपन्देहीमा रहेका छन् ।

घटना नम्बर ३

२०७८ मंसिर २ गते देवदह नगरपालिकामा एउटा युवतीको शव खेतको बिचमा बेवारिसे अवस्थामा भेटियो । प्रहरीले शवको सनाखत गर्दै जादा उक्त शव देवदह नगरपालिका वडा नं १२ बस्ने रविन श्रेष्ठको श्रीमतीको भन्ने थाहा भयो । पछि प्रहरीले अनुसन्धान गर्दै जादा रविनले नै आफ्नै श्रीमतीको हत्या गरि खेतमा लगेर परालको बिचमा लुकाएर हिँडेको भन्ने खुल्न पुग्यो । अहिले रविन श्रेष्ठ आफ्नै श्रीमतीको हत्या गरि कारागारमा छन् ।

घटना नम्बर ४

मायादेवी गाउँपालिका वडा नं ३ निवासी २३ वर्षकी सविता धोबीको शव स्थानीय खोलाको किनारमा फेला पर्यो । प्रहरीले अनुसन्धान गर्दै जादा सविता आफ्नै भतिजो आकाश धोबीसँग प्रेममा रहेको र पटक पटक करणी गर्ने गरेको खुल्नमा आयो । आकाशले सोही कुरा लुकाउनको लागी योजना बनाएर सञ्जय धोबी र ध्रुब धोबीको सहयोगमा घरको कोठा भित्र हत्या गरि खोला किनारमा लगेर फालेका थिए ।

यी घटनाहरू घरपरिवार बाट नै अर्थात आफन्तबाट नै भएका हुन् । रुपन्देहीमा भएका यि चार घटनाहरूले स्पष्ट रूपमा रुपन्देहीमा घरेलु हिंसा त्यसमा पनि यौन हिंसा घरभित्रै बढिरहेको छ भनेर देखाउँछ । समाज दिनप्रतिदिन हिंसक भइरहेको घटनाहरूले समाजमा मानवता हराउँदै गएको समाजशास्त्रका जानकार थानेश्वर पाण्डे बताउँछन् । पाण्डे भन्छन्, ‘मानिसहरूमा बढ्दै गएको अति महत्वाकाङ्क्षा र अलगाव वा एक्लोपनले समाजलाई अपराधजन्य घटनातिर डोर्‍याएको हो ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ मा केही समय अघि मात्र सुबिना गिरीको रहस्यमय मृत्यु भएको खबर सबैको दिमागमा ताजै छ । उनको श्रीमान र भान्जा अहिले उनको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । रुपन्देहीको तिलोत्तमा र बुटवलमा घरभित्रै मृत अवस्थामा भेटिएका सिता भण्डारी, अमृता टण्डन, अनिता रेग्मी लगायत महिलाहरू यसको ज्वलन्त उदाहरणहरू हुन् कि कति सुरक्षित छन् त आफ्नै घरभित्र महिलाहरू रु महिलाको सुरक्षाको माग गर्दै मणिग्राम क्षेत्रमा आन्दोलन पनि भएका हुन् तर ती यतिकै सेलाए । राज्यले पीडकलाई कुनै कारबाही गरेन । घटना घट्दै जाने, मिडियाले प्रचार गर्दै जाने, पीडित रुवाबासी गर्दै जाने तर पीडक सत्ता, शक्ति र विभिन्न दबाब र प्रभावको बलमा समाजमा झनै हिंसक बन्दै जाने वातावरण बनिरहेको छ अचेल ।

प्रहरीको तथ्याङ्क हेर्ने हो भने, रुपन्देहीमा आर्थिक बर्ष २०७८–७९ मा महिला तथा बालबालिकासँग सम्बन्धी २ सय २० घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । यसमा सबैभन्दा धेरै महिलामाथि भएका आपराधिक घटनाहरू रहेका छन् । रुपन्देहीमा आर्थिक वर्ष २०७८–७९ मा २ सय ६४ जनाले आत्महत्या गरेका छन् जसमध्ये आधिकांश महिलाहरूनै रहेका छन् । यि तथ्याङ्कले रुपन्देहीमा महिलाहरू कति असुरक्षित छन् भन्ने प्रश्न उठाउने ठाउँ दिन्छ ।

घरेलु हिंसा, यौनजन्य हिंसा र घरभित्रै हुने अन्य विभिन्न प्रकारका हिंसा नियन्त्रण र रोकथामका लागि रुपन्देही प्रहरी लागिरहेको प्रहरी प्रमुख रबिन्द्र रेग्मी बताउँछन् ।

संयुक्त राष्ट्रसंघीय लागू औषध एवम् अपराध कार्यालय ९यूएनओडीसी० एक तथ्याङ्कअनुसार हरेक घण्टा करिब ६ जना महिला चिनेजानेका व्यक्तिबाट मारिन्छन् । प्रायजसो घटनामा परिवारकै सदस्यले विभिन्न लाञ्छना लगाएर महिलालाई पीडा दिएको पाइन्छ । घर परिवारबाटै प्रताडित भएपछि आत्महत्या गर्ने महिलाको संख्या बढ्दै गएको प्रहरी अनुसन्धानले नै देखाउँछ ।

महिला र बालबालिकामाथि हुने हिंसाका घटनामा प्रहरी अनुसन्धान पनि प्रभावकारी देखिएको छैन । प्रहरीको फितलो अनुसन्धान र न्यून सक्रियताका कारणले पनि हिंसाका घटनामा कमी नआएको अधिकारकर्मी रीमा बीसी बताउँछन् ।

अधिकारकर्मी बीसी भन्छन्, ‘घरभित्रै महिलाहरू असुरक्षित हुने धेरै कारण छन्, तर त्यसमध्ये मुख्य कारण शंका आशंका बढ्नु, विवाहित महिलाहरू आत्मनिर्भर नहुनु, यौनकै प्रसङ्गमा मादक पदार्थको सहजकर्ताहरूले बिरामी पर्दा पनि जबरजस्ती गर्न खोज्नु र कानुनी कारबाहीको जटिलता पनि हो । ’

यसका अतिरिक्त वैदेशिक रोजगारीको कारण पारिवारिक विखण्डन, पारिवारिक मनमुटाव, कोभिडले पारेको असर जस्ता कारण हुन सक्ने बिसीको तर्क छ । स्रोतः INS


प्रकाशित : २०७९ श्रावण १५, आईतवार ०९:०६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech