तिलोत्तमा नगरपालिका वडा नं १२ मा रहेका भूमिहीन)सुकुम्बासीको जग्गा नापजाँचको काम आजबाट शुरु भएको छ ।
जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोत्तमामा रहेको अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नाप जाँचको काम शुरु गरेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अव्यवस्थित बसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या समाधान गरी नगरवासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
आयोगको कामलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रमुख खाणले जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो ।




















