बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।
मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह(चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्।
पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।
बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।
स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। लगतै स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए।
पक्राउ परेका ती व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।




















