तिलोत्तमा नगरपालिका वडा नं ११ मा रहेका भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको शुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम

तिलोत्तमा नगरपालिका वडा नं ११ मा रहेका भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम आजबाट शुरु भएको छ ।
जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोत्तमामा रहेको अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नाप जाँचको काम शुरु गरेको छ ।

सो अवशरमा अब्यवस्थित जग्गा नापजाँच कार्यको शुभारंभको गदै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणज्युले आफ्नै कार्यकालमा लालपुर्जा दिने प्रतिब्दता जनाउनु भयो । प्रमुख खाणले अव्यवस्थित बसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या समाधान गरी नगरवासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाले आयोगको कामलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका उप प्रमुख जागेश्वरी चौधरीले आफुले उपभोग गरिरहेको जग्गा आफ्नो स्वामित्वमा नहुदा आम नागरिकले धेरै समस्या भोगीरहेको भन्दै अव लालपुर्जाको अभावमा नागरिक हरुले समस्या खेप्न नपर्ने बताउनु भयो ,

भुमि आयोग रुपन्देहीका जिल्ला अध्यक्ष हरि ब आचार्य क्षेत्रिले अब काम अगाडी बढी सकेको भन्दै छिटै नागरिकाको हातमा पुर्जा प्राप्त हुने बताउनु भयो । कार्यक्रममा नापी अधिकृत कपिल ज्ञवाली,कार्यपालीका सदस्य राधा शाही लगायतले बोल्नु भएको थियो । तिलोत्तमा नगरपालिका वडा नं ११ अध्यक्ष बिष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालक नेपाली काग्रेसका तिलोत्तमा ११ का सभापती तेजबहादुर कुँबरले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ भाद्र १५, बुधबार १६:४५