मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाण उम्मेदवारमा सिफारिस

[sharethis-inline-buttons]

बुटवल(
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही(२ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन् ।

बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय बैठकले खाणसहित चार जनाको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ गृहमन्त्री खाणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेल सिफारिस भएको क्षेत्रीय कार्यवाहक सभापति परसुराम ढकालले जानकारी दिए । यस्तै समानुपातिकमा भने ९ जना सिफारिस भएका छन् ।

समानुपातिकतर्फ डा। बुद्धबहादुर थापा, चिरञ्जीवी जोसी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रिता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी, लक्ष्मी जोसी रहेको कार्यवाहक सभापति ढकालले जानकारी दिए ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ह्याट्रिक गरेको यस क्षेत्रमा खाणको सिफारिस गरिएको हो । यद्यपी खाणको क्षेत्र नम्बर ३ हो ।


प्रकाशित : २०७९ भाद्र १६, बिहीबार १७:०४