रुपन्देही २ बाट एमाले उपाध्यक्ष पौडेलको नाम सिफारिस

[sharethis-inline-buttons]

बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

नेपाली कांग्रेसले यस क्षेत्रबाट गृहमन्त्री बालकृष्ण खाण, यसअघि पराजित युवराज गिरी, अधिवक्ता गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको नाम एकल सिफारिस गरेको छ ।


प्रकाशित : २०७९ भाद्र १९, आईतवार १५:५६