अब बालबच्चा सुरक्षित राख्नु पर्ने भयो , साधुको भेषमा आएका ब्यक्तिले बालकमाथि चक्कु प्रहार,बालकको किड्नी निकाल्ने प्रयास

[sharethis-inline-buttons]

भाद्र २२ गते,

रुपन्देहीमा बालकमाथि चक्कु प्रहार गरि किड्नी निकाल्ने प्रयास भएको छ ।रोहिणी गाउँपालिका वडा न।२,बैरिहवा बस्ने वर्ष अन्दाजी १७का बालक सन्दिप हरिजनलाई साधुको भेषमा आएका दुई अपरिचित ब्यक्तिले आज अचानक चक्कु प्रहार गरेको रोहिणी वडा न।२का पुर्व वडासदस्य अनुरुद्ध खरबिन्दले जानकारी दिए ।

सोही वडाको खरबिन्दा भन्ने स्थानमा आज विहान करिब ८ बजे साधुको भेषमा आएका अपरिचित ब्यक्तिले धकधईबाट ट्युसन पढेर घर आउने क्रममा बालक हरिजनलाई चक्कु प्रहार गर्दा उनको हातमा चोट लागेको छ ।बालक हरिजनका अनुसार आफनो किड्नी निकाल्ने योजना बनाएर ति साधु आएको बताउँदै आफु भाग्न सफल भएको कुरा बताए ।स्थानीयहरुको अनुसार अहिले ति साधु भनिएकाहरु घटनास्थल नभएको उल्लेख गरे ।

यो विषयलाई लिएर प्रहरी समक्ष बुझ्दा घटनाबारे जानकारी नभएको रुपन्देही जिल्ला प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । प्रहरी नायव उपरिक्षक अर्यालका अनुसार आफुहरु तत्काल घटनाबारे जानकारी लिने बताउदै अनुसन्धान पछि बास्तविकता खुल्ने जानकारी दिए ।

पछिल्लो समय भारतबाट केही अपरिचित ब्यक्ति साधुको भेषमा नेपाल प्रवेश भएको कुरा बाहिर आएको छ । ति साधुको भेषमा आएका ति अपरिचित ब्यक्तिले कत्तै बालबालिकालाई निशाना त बनाइरहेका छैनन् चिन्ताको विषय बनिरहेको छ । अभिभावकको पुर्ण निगरानीमा बालबालिका हुनुपर्ने देखिएको छ ।


प्रकाशित : २०७९ भाद्र २२, बुधबार १७:२१