
२७ भाद्र २०७९
तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा जनप्रतिनिधिसँग युवा अभिमुखिकरण कार्यक्रम हुने भएको छ । यहि असोज १ गते वडा नम्बर ११ मा रहेको कुवँरवर्ती सामुदायिक भवनमा सो कार्यक्रम हुने वाड नम्बर ११का अध्यक्ष विष्णु बराल क्षेत्रीले बताए ।
रूपन्देही जिल्ला र प्रदेश स्तरमै सम्भवत पहिलो पटक हुन गैरहेको सो कार्यक्रममा उपस्थित हुनको लागि वडा नम्बर ११ का सम्पूर्ण युवाहरूलाई आग्रह गरिएको छ । युवाहरू देश र समाजको विकासका लागि अगाडि बढुन र सामाजिक क्रियाकलापमा उत्तरदायी होउन भन्ने उदेश्यले आयोजना गरिने सो कार्यक्रममा वडा स्तरीय युवा समिति गठन गरिने भएको हो ।
कार्यक्रममा प्रत्येक टोल विकास संस्थाबाट १० जना युवाहरूको उपस्थिति रहनुपर्ने वाड नम्बर ११ का अध्यक्ष विष्णु बराल क्षेत्रीले बताए । १६ वर्षदेखि ४० वर्ष उमेर समुहका युवाहरूको उपस्थिति हुनुपर्ने सो कार्यक्रममा ४ जना युवा महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने छ । तिलोत्तमा नगरपालिका वाड नम्बर ११ को आयोजनामा हुने सो कार्यक्रममा समावेशीतालाई विशेष ध्यान पुर्याइको युवा मैत्री शासनका अभियन्ता सन्तोष अर्यालले बताए ।

