तिलोत्तमामा छिमेकीसँग सम्बन्ध राखेको श्रीमान‍्ले थाहा पाएपछि श्रीमतीले गरिन् श्रीमान‍्को हत्या

[sharethis-inline-buttons]

बुटवल ।
रुपन्देहीको तिलोत्तमा एक महिलाले आफ्नै श्रीमान‍्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ कि ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले गयराति आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् । थारुको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : २०७९ भाद्र ३०, बिहीबार १७:१६