मिलन सामुदायीक मा १ हप्ते उद्घोषण तालीम सम्पन्न

[sharethis-inline-buttons]

मिलन सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११ र देवदह ८ र ९को आयोजनामा आज बाट १ हप्ते उद्घोषण तालीम सम्पन्न भएको छ ।
बनका अध्यक्ष तेज बहादुर कुवरको अध्यक्षता तथा डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुबेदीको प्रमुख आतिथ्यतमा तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा बोल्दै प्रमुख बोधराज सुबेदीले यो समय बोल्न सक्नेहरुको भएको भन्दै तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो ।
उहांले यस्ता तालीमबाट परिबर्तन सम्भव रहेको भन्दै तालीम पछी उपयुक्त उद्घोषक तथा बक्ताहरु उत्पादन भएको बताउनु भयो । सुबेदीले तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै सब डिभिजन बन कार्यालय देवदहका प्रमुख चन्द्र भाटले तालीमको उदेश्य पाप्त भएको भन्दै अब परिक्षाको घडि सुरु भएको बताउनु भयो । कार्यकममा गाउं बन समन्वय संन्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीले तालीम लिनु मात्र ठुलो कुरा नभएको भन्दै काम गरेर देखाउन आग्रह गनु भयो । कार्यक्रममा जनप्रिय सामुदायीक बनका अध्यक्ष रुका सापकोटाले समाज परिबर्तनका लागी सिप युक्त तालीम हुनु पर्ने बताउनु भयो ।
तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट माया भन्डारी , लक्की राना , तथा ओम शारु ले मन्तब्य राख्नू भएको थियो ।
मिलन सामुदायीक बन उपभोक्ता समुहको कार्यालय देवदह ९ मा सुरु भएको कार्यक्रम बनका उपाध्यक्ष डिल बहादुर पुन स्वागत तथा हिमाल थापा र मिरा राना सन्चालनमा भएको थियो ।
लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजिकरण गर्ने तालिममा सो क्षेत्रका ३२ जनाको सहभागीता रहेको थियो ।


प्रकाशित : २०७९ आश्विन १, शनिबार १६:४६