जनप्रतिनिधि सगं युवा कार्यक्रम तिलोत्तमा ११ मा आज सम्पन्न

[sharethis-inline-buttons]

जनप्रतिनिधि सगं युवा कार्यक्रम तिलोत्तमा ११ मा आज सम्पन्न भएको छ ।
वडाको समग्र बिकाशको लागी युवाहरुलाई परिचालन गर्ने भन्दै आज वडामा जनप्रतिनिधि सगं युवा कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा बोल्दै तिलोत्तमा ११ का वडा अध्यक्ष बिष्णु बराल क्षेत्रिले अब वडामा युवाहरु परिचालन गरिने भन्दै यो क्षेत्रमै नयां कामको सुरुवात गरिएको बताउनु भयो । वडा अध्यक्ष क्षेत्रीले वडामा समिति निर्माण सगै टोल टोलमै समिति निर्माण गरेर समग्र बिकाशमा केन्दित हुने बताउनु भयो ।
कार्यक्रममा नगर कार्यपालीका सदस्य राधा शाहीले बिकाशको गतिमा नगर रहेको भन्दै अब युवाहरु सगं मिलेर वडाको बिकाशमा काम गर्ने बताउनु भयो । कार्यक्रममा तिलोत्तमा ११ का सदस्य लक्ष्मी गजमेर , उमेश बस्याल , सुनिल्का खवासले युवाहरुले बिकाशको जिम्मा लिन सक्ने भन्दै अव युवाहरु सगं मिलेर अगाडी बढने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगर कार्यपालीका सदस्य रबि सेन्चुरीले स्थानिय तह र युवाको बिषय , उद्यमशिलता बिषयमा माधव पौडेल र मिनाक्षी न्यौपानेले शहजि करण गनु भएको थियो ।
कुमारी टोल बिकाश संस्थाका अध्यक्ष गौरी कान्त पौडेलको स्वागत तथा सन्तोष अर्यालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो


प्रकाशित : २०७९ आश्विन १, शनिबार १७:२०