कांग्रेसले २६ वर्षसम्म गर्न नसकेको बिकास एमालेले ५ वर्षमा गरेर देखायो -छविलाल

[sharethis-inline-buttons]

देवदह ।

राष्ट्रिय एकतालाई मजबुत बनाउदै राष्ट्रको संरक्षणको लागि तिन दल वीच चुनावी तालमेल भएको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीतिक दल रहने भएकोले मंसीर ४ गते हुने निर्वाचनको लागि एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल भएको बताउनु भयो ।

रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले संविधानमा महिलाहरुको अधिकार स्थापित गर्न नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । रुपन्देहीको देवदहमा नेकपा एमाले, राप्रपा र जसपा निर्वाचन संयुक्त महिला भेलालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, को उत्तर दक्षिणलाई विकासको हिसावले जोड्नको लागि दशगञ्जाबाट काम शुरुवात गरेको दावी गर्नु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १, मा नेपाली काग्रेसले पटक(पटक निर्वाचन जितेपनि विकास गर्न नसकेको बताउदै काग्रेसले २६ बर्षमा गर्न नसकेको विकास नेकपा एमालेले ५ बर्षमा गरेर देखाको दावी गर्नु भयो । नेता विश्वकर्माले धनश्याम भूषाल प्रति ईगित गर्दै एक पटक टिकट नपाउदैमा स्वतन्त्र उम्मेदवार बन्नु राजनीतिक बेईमानी भएको बताउनु भयो । उहाले तिन दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि अवका दिनमा वडा(टोलमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सभा १९१० का उम्मेदवार आशिषकुमार चौधरीले सुखी नेपाली, समृद्धि नेपाल निर्माणको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले अवका दिनमा तिनै दलका सम्पूर्ण शक्ति निर्वाचनमा लगाउनु पर्ने बताउनु भयो ।


प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार १२:०२