बुटवल, ३ कार्तिक ।
अनेमसंघले रुपन्देही क्षेत्र नं २ अन्र्तगत प्रतिनिधिसभा तथा दुवै प्रदेशसभामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा तीनै क्षेत्रमा कमिटी गठन गरेर निर्वाचनको परिचालनको जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही २ को १ का उम्मेदार उम्मेदार लिला गिरीले पार्टीले उठाएका महत्वपूर्ण एजेण्डाहरु जनस्तरमा पुराउन आग्रह गरेका थिए ।
पार्टी संघ तथा प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माणका महत्वपूर्ण अभियान तथा राष्ट्रिय हितका लागि पार्टीले लिएका अडानका विषयमा जनतालाई यथार्थता जानकारी दिन जरुरी रहेको उनले बताए । नेता गिरीले एमाले सरकारबाट बाहिरिनु परेका कारण देशले भोगेको क्षति, गठबन्धन दलले जिम्मेवारी लिएपछि भएका कमजोरी मतदातासमक्ष पुराउने जिम्मेवारी सबैले लिनुपर्ने बताए ।
अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले निर्वाचनका समयमा पार्टीका पक्षमा लाग्न आग्रह गरे । उनले देशको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको कुरा यसअघि सरकारमा रहेका बेला गरेका कामले देखाएकाले आम मतदातालाई त्यो विषय बुझाउन आवश्यक रहेको बताए ।
बसन्ती भुसालको अध्यक्षता कमला ज्ञवालीको संचालनमा भएको कार्यक्रममा रुपन्देही २ को २ का उम्मेदार भोजप्रसाद श्रेष्ठ, समानुपातिक उम्मेदार ज्ञानु केसी, जानकी न्यौपाने, नेताहरु शिव सुवेदी, गोमादेवी आचार्य, सावित्रा अर्याललगायतले बोलेका थिए ।
अनेमसंघको भेलाले प्रतिनिधि सभा क्षेत्र नं २ मा गोमादेवी आचार्यको संयोजकत्वमा १०५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र क्षेत्र नं २ को १ मा ज्ञानु केसीको संयोजकत्वमा ५५१ सदस्यीय र क्षेत्र नं २ को २ मा थानकुमारी थापाको संयोजकत्वमा ६०१ सदस्यस्य निर्वाचन परिचालन कमिटी गठन भएको नेतृ गोमादेवी आचार्यले जानकारी दिइन् ।
रुपन्देही २ मा अनेमसंघको चुनाव परिचालन कमिटी ,पार्टीका एजेण्डा जनस्तरमा पुराउन नेताहरुको आग्रह
प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार १९:३८
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech