बुटवल कार्तिक ५ ।
रुपन्देहीको क्षेत्र नं ३ का मतदाताले घनश्याम भुसालले आफुहरुलाई धोका दिएको भन्दै क्षेत्र नं १ का मतदाता सतर्क हुनुपर्ने बताएका छन्।
उनीहरुले रुपन्देहीको क्षेत्र नं १ बाट सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका नेकपा एमाले पुर्व स्थायी कमिटी सदस्य समेत रहेका घनश्याम भुसालले क्षेत्र नं ३ बाट २०७४ मा बिजयी बनेपनि जनप्रतिनिधीका रुपमा देखाउन सक्ने कुनै काम नगरेका कारण नया ठाउ रोझेर पार्टीमा किचलो गरेको बताएका छन्।
घनश्याम जीले पटक पटक धोका दिदा पनि फेरीपनि ३ नम्वरमै आउनुुस भनेर सिफारिस गरेका हौं तर पनि वहाले मतदातालाई धोका दिएर पार्टी छोडेर सत्तागठबन्धनको बुई चढेर उता लाग्नु भयो यो भन्दा हाम्रालागी धोका केही होईन तसर्थ धोका दिई रहने मान्छेबाट सतर्क हुनुपर्छ उनीहरुले भने।
यस्तो छ उनीहरुको बिचार
चोपलाल आचार्य एमाले सिद्धार्थनगर ईन्चार्ज
हामीले २०७४ सालमा मेहनत गरेर जिताएका हौं तर जितेपछि वहाले अभिभावकीय भुमिका निर्वाह गर्न सक्नु भएन। बिगतमा उहाले चुनाव जितेर गएपछि सबै हिसावले काम गर्ने बातावरण बनेको अवस्था थियो, स्थानीय सरकार हाम्रै थिए, प्रदेश सरकार हाम्रै थियो, संघिय सरकार हाम्रै थियो वहा मन्त्री पनि बन्नु भयो, उत्कृष्ठ काम हुन सक्थ्यो तर वहाले माक्सबाद भन्दै पार्टीमा अप्ठेर पार्ने काम मात्रै गर्नु भयो। उहा पहिले देखि नै बिपक्षीसंग मिलेर एमाले सरकार ढाल्ने मात्रै होईन निर्वाचन क्षेत्र पनि साटेर १ नम्वरमा गएर मैदान खालि गर्ने योजनाका साथ बालकृष्ण खाणसंग नलडने सम्झौता गर्नु भएको रहेछ। वहालाई ३ नम्वरका मतदाता प्रति बिश्वास रहेनछ भन्ने देखियो।
नर बहादुर घर्ती सुद्धोधन एमाले क्षेत्रीय संयोजक
रुपन्देहीको ३ नम्वरले हो घनश्यामलाई हुर्काएको जगाएको। हुर्काईयो जगाईयो फुल्ने फल्ने बेलामा जरा उखेल्नु भयो यसले हामीलाई ठुलो धोका भयो। घनश्याम भुसालको माक्र्सबाट भनेको पार्टी फुटाउने र कांग्रेसलाई सहयोग गर्ने हो भन्ने पुष्टि भयो २०५४ सालमा चुनाव जिताएको हो त्यो बेलापनी पार्टी बिरुद्ध लाग्नु भयो पार्टी फुटाउनु भयो। २०७४ मा पनि चुनाव जिते देखि नै पार्टी बिभाजन र किचलो ल्याउने काममा उद्यत हुनुभयो। त्यती गर्दा पनि ३ नम्वरका मतदाताको अपार माया थियो त्यसलाई वहाले लात हान्नु भयो। वहालाई ३ नम्वर क्षेत्रका मतदाता र कार्यकर्ताको माया पुल्पुलिएका बच्चा बच्चीलाई जस्तो भयो। हामीले घनश्याम जीलाई अलिबढी माया गर्यौं जस्तो लागेको छ। किनकी हामीले गरेको मायाको हौसलामा पार्टी बिभाजनमा हौसला मिलेको रहेछ। वहाको माक्र्सबाद पार्टी बिभाजन र अरुसंग बिलय हुने भन्ने रहेछ। रुपन्देहीको १ र ३ नंम्वर क्षेत्र टाढा छैन तसर्थ उहाले दिएको धोका १ नम्मरका मतदाताले पनि बुझेका छन् र बुझ्ने छन्।
किसुनचन्द्र चौधरी सुद्धोधन पुर्व अध्यक्ष
उहा किन ३ नम्वर छोडेर १ नम्वर जानु भयो वहालाई नै बढी थाहा होला तर वहा आएको भए नराम्रोसंग हारिन्थ्यो त्यसको असर अन्तपनि पथ्र्यो। उहालाई हामीले २०७४ सालमा पनि निर्वाचित गराएर पठाएको हो तर ५ बर्ष जनता संग यो काम गरे भन्ने देखाउन सक्ने कुनै काम गर्नु भएन् त्यसैले जनतासंग भोट माग्न आउने हिम्मत गर्नु भएन्। ओलीले ३ नम्वरमा जा भनेको भएपनि वहा आउनु हुन्नथ्यो। एमाले अध्यक्ष केपी ओलीले त्यही जवरजस्ती जा भन्नु पथ्र्यो। किनकी शेर बहादुर देउवासंग सांठगाठ गरेर उहाले नै बालकृष्ण खांणलाई गृहमन्त्री बनाएको हो। त्यति सहयोग गरेको मान्छे खाणसंग प्रतिस्पर्धा गर्न आउने कुरै थिएन्। हामीले जनतासंग जनप्रतिनिधी भन्ने कार्यक्रम राख्यौं वहां आउनु भएन, पछि भन्यौं कार्यकर्ता संग त बसौं तरपनि भेटघाटमा समेत आउने हिम्मत गर्नु भएन्।
राम प्रसाद रेग्मी सेमलार, पुर्व वडा अध्यक्ष बुटवल १६
हामीले तपाईले काम नगरेको भएपनि फेरीपनि आउनुस भनेका हौं। बिपक्षी गठबन्धनको उम्मेदवार पनि ३ नम्वरमा काम गरेर देखाएका उम्मेदवार नभएकोले तपाई आउनुपर्छ भनेका थियौं तर वहाको सांठगाठ रहेछ मान्नु भएन। उतै लाग्नु भयो। काम गर्न नसकेको हो गल्ती चाही होईन भनेर सम्झाएका पनि हौं तर मान्नु भएन्। वहाको बिगत पनि त्यस्तै हो जहिले पदमा पुग्नुहुन्छ पार्टीमा किचलो मच्चाउनु हुन्छ तर पनि हामीले आउनुस भनेका थियौं। हाम्रो बिश्वास र सम्मान माथी धोका भयो।
प्रेमनाथ काफ्ले सेमलार पुर्व जनप्रतिनिधी
घनश्याम जि पार्टीको बिधी बिधान बिपरित हिडनु भयो तर पनि हामीले सिफारिस गरेका हौं। हामीले बिगतमा जिताएर पठाएपनि माओवादी बोक्नु भयो। यसपटक सर्बोच्चमा लाईन लागेर देउवालाई प्रधानमन्त्री बनाउन र बालकृष्ण खांणलाई आफैले भुमिका खेलेर गृहमन्त्री बनाउन सहयोग गरेका कारण प्रतिस्पर्धा नगर्ने सम्झौता थियो जस्तो देखिन्छ। होईन भने यति सजिलै कांग्रेसले १ नम्वर क्षेत्र दिन मान्ने थिएन् सजिलै संग दियो। घनश्याम जी ३ नम्वरबाट तर्किन खोज्नुको खास कारण त्यही नै हो।
अयोध्या थारु सियारी पुर्व अध्यक्ष
घनश्याम जीलाई नया ठाउमा जादा मतदाताले पत्याउछन भन्ने लागे होला त्यसैले त्यता लाग्नु भयो। शेर बहादुर लाई भोट हालेर केपी शर्मा ओली नेतृत्वको एमाले सरकार ढालेकोले मतदाता रिसाएका छन भन्ने बुझेर नै वहा यहा आउन खोज्नु भएन्। वहाको मनोवल खस्केको थियो। जतिबेला भेट भएपनि कार्यकर्ता र मतदाताले आफ्नै सरकार ढाल्ने भनेर प्रश्न गर्थे त्यसको जवाफ वहासंग थिएन्।मतदाताले वहा संग पटक पटक भनेका थिए। हामीले सूर्यमा भोट हालेर तपाईलाई पठाउने तपाईले अर्कैलाई बोकेर हिडने रुखमा भोटहालेर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने प्रश्नले निरन्तर घोचिरहेको थियो।
यहाका मतदाताको एउटै धारणा के छ भने उनी जतिबेला मन्त्री हुन्छन त्यति बेला पार्टी फोर्छन भन्ने नै छ त्यो घटनाक्रमले पनि त्यही भनेको छ। वहा माधव नेपाल पार्टी नेतृत्वमा हुदा पनि प्रतिपक्ष नै हो कुनै बेलापनि वहा पार्टीको संस्थापन होईन्।
राजेन्द्र कण्डेल सुद्धोधन पुर्व वडा अध्यक्ष
२०७४ सालमा वहाले कहिल्यै पनि पार्टी र मतदाता प्रति जवाफदेहिता देखाउनु भएन। चुनाव जितेपछि कहिल्यैपनि स्थानीय पार्टी कमिटीसंग समन्वय गर्नु भएन। सिमीत मान्छेहरु संग गुटबनाउने छलफल गर्ने उनीहरु संगै रिर्पोट लिने फर्किने गर्नु भयो त्यसैले ३ नम्वरमा आउने हिम्मत भएन की जस्तो लाग्छ। अर्कोकुरा शक्तिाशाली सरकारको मन्त्री हुदा पनि ३ नम्वरमा मतदतालाई यो काम गरे भनेर देखाउने ठाउ कुनै भएन त्यसैले आउनु भएन।
स्रोत (समयचक्र