रुपन्देही–२ मा रास्वपाका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देही २ मा सत्ता गठबन्धन दलका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले समर्थन खोजेका छन् ।

शनिवार बुटवलका पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए ।

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै आफूले अगाडि बढेको जनाए ।

उनले देशभर युवाहरूमा जागरूकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरूलाई अगाडि सारेको बताए ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार १३:४९