सत्ता गठबन्धन बिकाशका भन्दापनी कसरी बाडीचुडि खाने त्यसमा केन्द्रीत छन एमाले सचिव बिस्वकर्मा ,तिलोत्तमा ९ , १७, ८ मा प्रचार प्रसार कार्यालयको उद्धघाटन

[sharethis-inline-buttons]

तिलोत्तमा ,७ कात्तिक ।

नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छविलाल विश्कर्माले पार्टिले हार्ने र जित्ने मात्रै आजको सन्दर्भ नभएर देश जोगाउने कि मुलुकलाई अधोगतितर्फ डोहोर्याउने भन्ने विषयको समुचित जवाफ आउने निर्वाचनले दिनुपर्र्नेे उल्लेख गर्नुभयो । उहां २०७४ सालको निर्वाचन पछाडि आएका विभिन्न समस्याहरुबाट शक्तिशाली देशहरु समेत प्रभावित भएको अवस्थामा नेकपा एमालेले खेलेको भुमिका जनताले भुल्न नहुने बताउनुभयो ।
नेकपा एमाले ,राप्रपा र जसपाको तिलोत्तमा ९ को निर्वाचन प्रचार प्रसार कार्यालय उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै विश्वकर्माले महगीं चुलिएको समय , डेंगिले देश आक्रान्त भईरहेको अवस्थामा पनि गठबन्धनको सरकारले कुनै चासो नदिएको भन्दै राष्ट्रियता,देशभक्ति,अन्तराष्टिय सम्वन्धसंग सरोकारको विषयमा जिम्मेवार नवनेर क्रमश कमजोर बनेको आरोप लगाउनुभयो । “जसरी हुन्छ सत्ता बचाउनेबाहेक कुनै नयां सोंच गठबन्धनसंग देखिदैन देशलाई निर्वाचनको माधयमबाट रोक्नुर्पछ र हिजो शुरु गरेका समाजबादका आधारहरु तयार गर्दै जनताको अवस्था बदल्ने तर्फ लागेका छौं उहांले भन्नुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं १ ख का प्रदेश सभा सदस्य उम्मेदबार दधिराम न्यौपानेले देश नाजुक अवस्थामा गुज्रिरहेको बताउनुभयो । उहांले गठबन्धन सरकार देशको चिन्ताभन्दा पनि चुनावमा कसरी जित्ने र बांडिचुंडि खाने धन्दामा लागेको आरोप लगाउनुभएको छ ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सहमहामन्त्री ताहिर अलीले नेकपा एमालेले गरेका बिकासका कामको प्रचार प्रसार नगरेका कारण पनि जनतामा दिग्भ्रमित पार्न सक्ने आशंका ब्यक्त गर्नुभयो । मुलुकमा भएका धेरै भन्दा धरै विकासका काम नेकपा एमालेका पालामा भयो तर प्रचार भएन उहांले भन्नुभयो । अलिले आफुले गरेका काम जनतामाझ प्रष्ट राख्न पनि आग्रह गर्नुभयो ।
यसैबिच तिलोत्तमा १७ र तिलोत्तमा ८ मा पनि निर्वाचन प्रचार प्रसार कार्यालय उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ८ भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले गठबन्धनका उम्मेद्धारले यस भन्दा अघि रुपन्देही ३ मा कती काम गर्नु भएको बुझन आग्रह गर्नु भयो । कार्यक्रममा राप्रपा रुपन्देहीका जिल्ला सदस्य रुक्मागत पान्डेले राष्ट्भक्ती पार्टी एमाले ,राप्रपाका उमेद्धारलाई जिताई छाडने दाबि गर्नु भयो ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार १८:१७