ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देही १ मा पूर्वसहयात्री छविलाल र घनश्यामबीचको यो रोचक प्रतिष्पर्धा कस्ले मार्ला बाजी ?

Lumbini Darpan 3 २०७९ कार्तिक १५, मंगलवार १३:४८
[sharethis-inline-buttons]

एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिंड्नेको कुनै विश्वास् नहुने भन्दै मत मागिरहेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए । गतवर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । पराजित भए पनि स्थायी कमिटीमा पुगे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा वुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुबैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्यूरोमा उक्लिएका थिए ।

एमालेमा लामो समय एउटै कमिटीमा रहेर काम गरेका विश्वकर्मा अहिले एमालेका सचिव छन् भने भुसालले टिकट नपाएकै कारण एमाले छाडेर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले समर्थन गरेका छन् । भुसाल र विश्वकर्माको रोचक प्रतिस्पर्धा सत्तागठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक बनेको छ ।

पृष्ठभूमि फरक भए पनि एउटै पार्टीबाट राष्ट्रिय राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा रुपन्देही–१ का मतदाताहरू भने अलमलमा परेका छन् । यही क्षेत्रमा पर्ने देवदहका मतदाता लक्ष्मण न्यौपानेले दुवै नेताका आ–आफ्नै विशेषता भएकाले अलमलमा परेको बताए । ‘उहाँहरूबीच कडा प्रतिस्पर्धा कडा हुने देखिन्छ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनको गणितले विश्वकर्माको पल्लाभारी देखिन्छ ।’

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसाललाई सघाएको सत्तागठबन्धन भन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतले अगाडि छ । रुपन्देही–१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी भए । त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी छविलाल विश्वकर्मा नै थिए । २०७४ मा वामगठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो ।

यो क्षेत्रमा कांग्रेस बलियो शक्ति मानिन्छ । कांग्रेसबाहेक एमालेबाट आफूलाई ‘क्रस’ हुनसक्ने मत र माओवादी केन्द्रको मतबाट जित निकाल्न भुसाल प्रयत्नरत छन् । यहीकारण पछिल्लो समय भुसालको सम्बन्ध रुपन्देही–३ बाट उम्मेदवार रहेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणसँग बाक्लिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले पाउने सबै मत आफूतिर तान्न भुसालको प्रमुख जोड छ । मार्क्सवादका व्याख्यामा आफूलाई केन्द्रित गर्दै आएका भुसालले स्थानीय समस्या र कार्यकर्ताको गुनासोलाई ध्यान नदिएको गुनासो छ, त्यसले उनलाई चुनौती थप्न सक्छ ।

एमाले उम्मेदवार विश्वकर्मा स्थानीय तह निर्वाचनको मतका आधारमा बलियो देखिए पनि स्थानीय निर्वाचनमा जसपा र राप्रपाले पाएको सबै मत उनलाई आउन कठिन छ । भुसाल २०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए । राप्रपाका नेता बोहोरा र भुसालबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार १३:४८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech