देवदह–६ मा गठबन्धनको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कार्तिक १५ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनले देवदह नगरपालिकाको वडा नम्बर ६ मा वडा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । मंगलबार सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका नेता गठबन्धनका रुपन्देही क्षेत्र नम्बर १ कका उम्मेदवार विश्वनाथ यादवले क्षेत्रको शिक्षा, स्वास्थ्य तथा पुर्वाधार बिकासका अधुरा कामहरु इमान्दारिताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिका संयोजक, नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले लोकतन्त्र भित्र लोकतन्त्र खोज्नुपर्ने अवस्था आएकाले गठबन्धन आवस्यक रहेको दाबी गर्नुभयो । कांग्रेस र कम्युनिस्टहरु व्यवस्था परिवर्तनको आन्दोलनमा धेरै पटक सहकार्य गरेको भएपनी यसपटक ऐतिहासिक रुपमा निर्वाचनमै गठबन्धन गर्नुपरेको कारण संविधान र लोकतन्त्रको रक्षा रहेको बताउनुभयो । नेकपा सरकारको नेतृत्व गरेका केपी ओलीले प्रभावकारी काम गर्ने आशा निराशामा मात्र परिवर्तन नभई व्यवस्था नै धरापमा पार्नेगरी २÷२ पटक संसद बिघटन गरेर अधिनायकवाद लाद्न खोजेको कारण त्यसलाई रोक्न गठबन्धन बनेको बताउनुभयो । उहाँले बिधिको शासन स्थापित गर्दै संविधान, लोकतन्त्रको रक्षा र अग्रगामी बिकासका लागि गठबन्धनको जित अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य उमापती पाण्डेयले यो व्यवस्था कांग्रेस र बामपंथीहरुको संयुक्त संघर्षबाट प्राप्त भएको व्यवस्था भएकाले गाठबन्धनको जीतका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश क का सभापती दामोदर क्षेत्रीले पुर्व माननीय छविलाल विश्वकर्माले आफ्नो कार्यकालमा क्षेत्रको बिकासमा देखिने गरि केही काम नगरेको आरोप लगाउँदै नेकपा एमाले पार्टी र सरकार चलाउन नसक्ने पार्टी भएकाले गठबन्धनलाई मत दिएर जिताउनुपर्ने धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रका देवदह नगर कमिटी अध्यक्ष गोविन्द बहादुर ठडराईले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्दै एमाले अध्यक्ष ओलीको दम्भलाई तोड्नका लागि गठबन्धनको बिजय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम नेपाली कांग्रेस वडा नम्बर ६ कि सभापति हिरादेवी चापागाईंको अध्यक्षता, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य चक्रपाणी तिवारीको स्वागत र नेपाली कांग्रेसका देवदह–६ शिवालय टोल सभापति रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार १८:१८